काठमाडाैं-दसैं मनाउन डेढ सातामा १० लाख सर्वसाधारण बाहिरिएका छन् । सरकारले दसैंमा २५ लाख बाहिरिने अनुमान गरेको छ । एक साता अवधिमा ६ लाख उपत्यका भित्रिएका छन् ।
नेपाल ट्राफिक प्रहरीका प्रवक्ता एसपी रवीकुमार पौडेलले एक सातामा काठमाडौं उपत्यकाबाट बाहिरिने मात्र नभएर भित्रिनेको संख्या पनि धेरै रहेको बताए । बुधबार २४ घण्टाको विवरणअनुसार १ लाख ५७ हजार बाहिरिएकोमा ६६ हजार भित्रिएका छन् ।
दसैंका लागि १ लाख ५८ हजारले अग्रिम टिकट बुकिङ गरेका छन् । प्रवक्ता पौडेलले दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रिने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने औंल्याए ।
उनका अनुसार अघिल्लाभन्दा यो वर्ष उपत्यकामा आएर दसैं मनाउनेको संख्या वृद्धि भइरहेको छ । सामान्यतयाः दैनिक ६० हजार उपत्यका भित्रिने र ६० हजार सर्वसाधारण बाहिरिने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस