काठमाडाैं-महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।
संसद्मै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन लगाएको थियो।
मंगलबार बिहान ११ बजे बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए।
नेकपाको सचिवालय बैठकअघि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई बोलाएका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरको नयाँ भवन शिलान्यास गर्न पुगेका आइजीपी खनाललाई बोलाएर ओलीले घटनाको सबै विवरण लिएका थिए। उनले महरा ती महिलाको कोठमा जाने रुटको सिसिटिभी फुटेजसमेत मगाएर हेरेका थिए।
साे फुटेज प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपाकै चौथो वरियताका माधवकुमार नेपालले समेत हेरेपछि प्रधानमन्त्री निवासमै महरालाई बोलाएर छलफल गरेका हुन्।
महाराले रोशनीकोमा आफू गएको स्वीकार गरेकाले राजीनामा दिएर सहजीकरण गर्न ओली, दाहाल र नेपालले सुझाव दिएका थिए। बिहान करिव १० बजेतिर आइजिपी खनाल निस्केपछि नेकपाको सचिवालय बैठक बसेको थियो।
महरालाई बोलाउनुअघि नेता नेपाल तथा दुई अध्यक्षबीच पनि यो विषयमा छलफल भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस