काठमाडौं-रोजगार अनुमति प्रणाली (ईपीएस ) अन्तर्गत कोरिया जानका लागि भरेको भाषा परीक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको नागरिक दैनिकमा खबर छपिएको छ ।
पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नाम तथा जन्म मितिमा फरक विवरण भरेका हुन् ।
चैत ९ देखि १८ गते राति १२ बजेसम्म संकलन गरिएका दरखास्तमध्ये अधिकांशको त्रुटि सच्याएर कोरिया पठाइसकिएको इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।
यसपटक कोरियन भाषा परीक्षामा सहभागी हुन ७५ हजार पाँच सय ३ जनाले दरखास्त दिएका छन् । दरखास्त दिएकाको आउँदो जेठ २७ र २८ गते चार सिफ्टमा परीक्षा लिने व्यवस्था मिलाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस