ताइपेइ– ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ । पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना सवार रहेको उद्धारकर्मीले आंशका गरेका छन् ।
करिब १४० मिटर लामो पुलले डुङ्गालाई थिचेको दृश्य सिसिटिभी क्यामेराले खिचेको थियो । यो पुल ताइवानको पूर्वी तटीय क्षेत्रको नानफान्गाओमा रहेको थियो ।
नेसनल फायर एजेन्सीले डुङ्गामा सवार छ जना क्षतिग्रस्त डुङ्गाभित्रै दबेको हुनसक्ने जनाएको छ । उनीहरुलाई बचाउन निकै मुश्किल रहेको पनि एजेन्सीले बताएको छ ।
पुल भत्किएका कारण अरु १२ जना घाइते भएका छन् जसमा छ जना फिलिपिनो र तीन जना इन्डोनेसियाली नागरिक छन् । एजेन्सीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।
ताइवानकी राष्ट्रपति चाई इङ–वेनले उद्धार कार्य जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
सन् १९९८ मा मात्र निर्माण भएको उक्त पुल कसरी भत्कियो भन्ने अझै स्पष्ट हुन सकेको छैन । सोमबार राति ताइवानको पूर्वी तटीय क्षेत्रमा निकै ठूलो आँधी आएपनि मंगलबार मौसम सफा रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस