दार्चुला-भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ। चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो।
तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन्। ‘हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं। भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं’, दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेलिफोनमा भने, ‘हामीले फोटो खिच्यौं र उनीहरूलाई रोक्न भन्यौं। तर उनीहरू नसुनेझैं गरेर गए।’
साउद नेतृत्वमा ८ जनाको टोली त्यहाँ पुगेको थियो। क्याम्पस प्रमुख साउद, उपप्राध्यापक मदनसिंह कार्की र पदमसिंह बडाल भने तिब्बतको नरी प्रिफेक्चर पुराङ काउन्टीसम्म पुगेका थिए।
छ्यालेकमा नेपालको प्रहरी चौकी छ। चौकीमा २३ प्रहरी छन्। त्यहाँ प्रहरीले नेपाली भूभागमा आएर पटकपटक भारतीय सेनाले गस्ती गर्ने गरेको गुनासो गरेको साउदले बताए। ‘पुलिसले नै भने, माथि भनिदिनुपर्यो, यहाँ भारतीय सेना आइरहन्छन्’, उनले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस