काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञासम्बन्धी कार्यक्रममा समीक्षा गर्न ल्याइएको नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
सरकारी योजनाहरुको बोलपत्रमा विदेशी ‘कन्ट्रयाक्टर’हरुलाई सहभागी नगराउने नियम पालना गर्न उक्त आदेशले सरकारी निकायहरुलाई निर्देशन दिएको छ।
‘बाइ अमेरिकन याण्ड हायर अमेरिकन’ अर्थात् अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकीहरुलाई काममा लगाउन प्रोत्साहित गर्ने खालको आदेश भनी कतिपयले टिप्पणी गरेको उक्त आदेश विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गरेका हुन्।
यो आदेश ट्रम्पले चुनावी अभियानताका गरेको ‘अमेरिका फर्स्ट’ अर्थात् अमेरिकालाई सबैभन्दा पहिलो प्राथमिकता भन्ने वाचा पूरा गर्नेतर्फ लक्षित रहेको ठानिएको छ। तर एचवानबी प्रवेशाज्ञा कार्यक्रम अन्त्य गर्ने आफ्नो पूर्वप्रतिवद्धता चाहिँ ट्रम्पको यो आदेशले पूरा गर्दैन।
ट्रम्पले विदेश, न्याय, आन्तरिक सुरक्षा र श्रम मन्त्रालयहरुलाई अमेरिकी रोजगारीका अवसरमा विदेशी कर्मचारी ल्याउने योजनामा संशोधनका लागि प्रस्ताव गर्न आदेश दिनेछन्।
ट्रम्पले विस्कन्सिनमा भने, “पछिल्लो कदमसँगै हामीले आफ्ना कामदार र रोजगारीलाई संरक्षण गर्नेछौं तथा अमेरिकालाई सबैभन्दा पहिलो प्राथमिकता दिनेछौं भन्न सन्देश विश्वलाई दिएका छौं”।
ट्रम्पकै पत्नी मेलानियाले पनि शुरुमा न्यूयोर्कमा मोडलका रुपमा काम गर्दा एचवानबी प्रवेशाज्ञा लिएकी थिइन्। त्यस्तो प्रवेशाज्ञा अत्यन्तै सक्षम तथा असाध्यै धेरै तलब दिइएका निवेदकले मात्रै पाऊन् भन्ने उद्देश्यले पछिल्लो योजना ल्याइएको दुई जना उच्चअधिकारीहरुले बताएको बिबिसीले जनाएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस