गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
नागरिकमा स्वास्थ्य उपचारको सहज पहुँच पु¥याउन वडा कार्यालयले पटक–पटक शिविरको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । शिविरमा उपचार सेवा लिएकामध्ये १३० ले भिडियो एक्सरे सेवा, ४९ को निःशुल्क दन्त परीक्षण गराएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै शिविरमा पाँच गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा १८० जनाको ब्लड गु्रपिङ गरिएको थियो ।
शिविरमा आएका अन्यको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएकोे थियो । शिविरमा अल्ट्रासोनोलोजिष्ट डा प्रनिस पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य उपचार गरेको हो । गाउँमा चिकित्सक आएर स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीयवासी खुशी भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस