वि.सं.२०७६ साल असोज १२ गते । आईतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि प्रतिपदा,४० घडी १९ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त द्वितीया । नक्षत्र हस्त,३९ घडी ३८ पला,बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त चित्रा । योग ब्रम्ह,३३ घडी ४७ पला,बेलुकी ०७ बजेर २६ मिनेट उप्रान्त ऐन्द्र । करण किंश्तुध्न,बिहान ११ बजेर १२ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त बालव । आनन्दादिमा मानस योग । चन्द्रराशि कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान ३० घडी ५९ पला । घटस्थापना। शारदीय नवरात्रि आरम्भ। मातामह श्राद्ध। नलास्वने। घटस्थापनापूर्वक जमरा राख्ने साइत।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
लामो दुरिको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानि बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हँुनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुँने तथा पति पत्नि बिच मनमुटाब बड्न सक्छ । लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन अरुदिन भन्दा बढि समय खर्चनु पर्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
घरजग्गा तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्त सँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोला केहि समय पर्खनुनै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनिति तथा समाजसेवीहरुका लागि समय मध्ययम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा धेरै कुराहरुका जानकारि लिन सकिनेछ । माया प्रेममा नजिक हुने तथा योग्य बरबधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको कामगरि नाम कमाउँन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरि सम्मान पाउँने योग रहेकोछ । पढाईलेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउँनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अरुकै लागि समय र श्रम खर्चनु पर्दा आफ्नो काम भने थाति रहनेछ । खर्च बढ्ने तथा कामहरु समयमा सम्पादन नहुदा आलोचना सहनु पर्ला । कमजोर पढाई लेखाईकै कारण नतिजा अरुकै पोल्टोमा पर्नेछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । प्रणय सम्बन्धमा अविश्वास बढ्न सक्छ ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भौतिक सम्पति हात लागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय मध्ययम रहेकोले सरकारी तथा प्रशासनिक काममा ढिला शुस्तिको चपेटामा परिनेछ । सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले उपलब्धि ढिला प्राप्त हुनेछ । पढाई लेखाईमा नतिजा आफैतिर पार्नको लागि प्रशस्त समय खर्चिनु पर्नेछ । आफन्त तथा अग्रजसँग सन्तुलित व्यावहार गर्नुहोला । यात्रागर्दा ध्यान दिनुहोला यात्रामा बिभिन्न अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ऋणभार वा उधारो लानेहरुले समयमा भुक्तानी नगर्दा आर्थिक कारोबार मिलाउँन हम्मेहम्मे पर्नेछ । सानो गल्तिको कारण दण्ड तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । व्यापारी वर्गहरुले सहकर्मी तथा कामदारहरुबाटनै चनाब झेल्नु पर्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विलाशी तथा भौतिक बस्तुको पहिरनले व्याक्तित्वमा चमक आउनेछ । सवारि साधन तथा महंगा वस्तुहरुको प्रयोग मार्फन अरुको ध्यान तान्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापारकै सवालमा यात्रा हुने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस