काठमाडौँ-नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताएका छन ।
काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले चाडपर्वको बेला महङ्गी ह्वात्तै बढेको बताए ।
‘दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन’ नेता सिंहले भने । जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको उनको भनाइ थियो ।
पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गरे । ‘सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन’ , नेता सिंहले भने । नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस