पोखरा– पोखरामा दिनदिनै नयाँ रेष्टुरेण्ट खुलिरहेका छन । जति खुलिरहेका छन नचलेर बन्द हुने स्थितीमा पुगेका पनि उत्तिकै छन ।
यहि जोखिमका बावजुत पोखराको विरौटा स्थित हिमाली टोलमा हालै नयाँ रेस्टुरेण्ट ‘ड्याडीज किचन’ सञ्चालनमा आएको छ ।
पोखराकै विरौटामा फुड ट्रक सञ्चालनमा ल्याएर ब्यवसाय चलाउँदै आएकाहरुले नै करिब २ करोड ५० लाख रुपैयाँ लगानी गरेर ड्याडीज किचन सञ्चालनमा ल्याएका हुन ।
बुटवलबाट २०७० सालमा ठेलाबाट सुरु गरेको ब्यवसायले अहिले पर्यटकीय शहर पोखरामा फुड ट्रक हुँदै ठुलो रेष्टुरेण्टको रुप लिएको हो । २०७३ असार १२ गते पोखराको विरौटा स्थित राममन्दीर जाने बाटोमा ड्याडीज किचनले पोखरामै पहिलो पटक फुड ट्रक सञ्चालनमा ल्याएको हो ।
जहाँबाट अहिले पनि मानिसहरुले सेवा पाइरहेका छन । त्यस्तै २०७५ सालमा पोखराकै चिप्लेढुङ्गाको निभा गल्लीमा फुट ट्रक शाखाको रुपमा स्थापना भयो ।
ड्याडीज किचन सञ्चालक समुहले पोखरा शहर भित्र मात्रै करिब ३ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । पोखरा, बुटवल, काठमाडौँ र रुपन्देहीको रामापुरमा पनि यसको शाखा छ ।
नयाँ खुलेको ड्याडीज किचनमा आकर्षणको रुपमा काठको ठुलो गीटार छ । गीतार २८ दशमलब ५ फिट लम्बाई र १० फिट चौडाईको छ । जुन अहिलेसम्मकै विश्वकै ठुलो काठको गितार भएको अनुमान गरिएको छ ।
यो बाहेक नयाँ परिकारको स्वाद भने ड्याडीज किचनले चखाइनै रहन्छ । त्यस्तै पोखरामा नै सबै भन्दा ठुलो क्यानभासमा नेपाल एकिकरणका सुत्राधार पृथ्वीनारायण शाहको तस्बिर पनि यहाँ देख्न सकिन्छ ।
यहाँ फेवतालमा २५ वर्ष खियाइएको पुरानो डुंगालाई सजाएर राखिएको छ । जुन डुंगा पुरानो भएर चलाउन नमिल्ने भएपछि थन्क्याइएको थियो । ड्याडीज किचनले त्यसलाई किनेर मर्मत गरी आफ्नो रेस्टुरेण्टको मुख्य आर्कषकको सामान समेत बनाएको छ ।
यहाँ भएको अर्काे आकर्षकको बस्तु हो लडियाको पाङ्ग्रा । कपिलबस्तुको बाणगंगा नगरपालिका ७ बाट लडियाको पाङ्ग्रा (करिब ६० वर्ष पुरानो) ड्याडीज किचनको अर्काे आकर्षकको सामान हो ।
रेस्टुरेण्टको माथिल्लो तलाको हुक्का बारलाई पियानोको आकार दिइएको छ । त्यस्तै अगाडीको रिसेप्शन, बार, बेकरी, बारिस्ता पनि गीटारकै आकारमा निर्माण गरिएको छ । एकै पटकमा करिब तीनसय मानिसले ड्याडीज किचनमा सेवा पाउने बन्दोबस्त मिलाइएको छ ।
होम डेलीभरीको सेवा पनि यहाँ उपलब्ध छ । ड्याडीज किचन भएको ठाउँबाट पोखराको तीन किलोमिटर भित्र होम डेलीभरीको पनि सुविधा छ ।
यो बाहेक यहाँ पुराना हजुरबाको पालोको तमाखु (हुक्का) पनि सजाएर राखिएको छ । त्यस्तै यहाँ पुराना लोप भएर जानै लागेका पुराना बस्तुहरुलाई सजाएर राखिएको छ । कवाडी सामानबाट बनेका आकर्षक बस्तुहरु पनि यहाँ सजाएर राखिएको छ । नयाँ रेस्टुण्ट ड्याडीज किचनमा अहिले ५२ जनाले ग्राहकलाई सेवा दिइरहेका छन् ।
यो बाहेक ड्याडीज किचनले आफ्नो नौ वटा शाखाबाट ग्राहकले आफुले चाहेको स्वादमा सेवा दिइरहेको छ ।
ड्याडीज किचनको नयाँ रेस्टुरेण्ट कमल जंग कुँवर र होम रानाले सञ्चालनमा ल्याएका हुन । साथै ड्याडीज किचनको पोखरा ब्रान्चको ब्यवस्थापनको पाटो भने सन्दिप क्षेत्रिले हेर्दै आएका छन । ड्याडीज किचन सञ्चालक समितिका अध्यक्ष कलम जंग कुँवरले ‘कायपलट ल्याउँछौँ, स्वदेशमै युवा उद्यमशिलताको सम्मान गरौँ’ भन्ने नाराका साथ ड्याडीज किचन सञ्चालनमा आएको बताए ।
नयाँ रेस्टुण्टले आगामी असोज १२ गते देखि १६ गतेसम्म १० प्रतिशत छुटको ब्यवस्था गरेको छ ।
यहाँ जन्म दिन मनाउन आउने ग्राहकको सुविधालाई ध्यानमा राखेर बर्थ डे केक ड्याडीज किचनकै तर्फबाट उपलब्ध गराउने गरिएको ब्यवस्थापक क्षेत्रिले बताए । अहिलेका युवापुस्तालाई मध्यनजर गरी म्युजीक लाइभ पनि यहाँ सञ्चालन हुने छ । लाइभ म्यूजीक हरेक साँझ ७ बजे देखि ९ बजेसम्म चल्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस