काठमाडाैं-नेपाली कांग्रेसले गुण्डा नाइके गणेश लामालाई केन्द्रीय सदस्य बनाउने भएको छ।
लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका नेताको व्यवस्थापन गर्ने क्रममा लामालाई केन्द्रीय समितिमा मनोनित गर्न लागिएको हो।
शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकले लामा सहित ११ जनालाई केन्द्रीय सदस्य बनाउन लागेको हो।
निर्वाचन अघि कांग्रेसमा विलय भएको लोकतान्त्रिकका नेता तथा कार्यकर्ताले जिम्मेवारी पाएका थिएनन्। तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले उपसभापति तथा संसदीय दलको उपनेता पाएका छन्। केन्द्रीय समितिमा १५ सदस्यको दाबी गर्दै आएका गच्छदारलाई ११ जना दिएर चित्त बुझाउन लागिएको छ।
आज बस्ने केन्द्रीय समितिको बैठकले पूर्व फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताको व्यवस्थापन गर्ने बताइएको छ। साथै, विघटित भई निश्क्रिय रहेको नेपाल विद्यार्थी संघको तदर्थ समितिका विषयमा पनि छलफल गर्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजे बोलाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस