काठमाडाैं-नेपाली कांग्रेसको भ्रातृ संस्थाको रूपमा रहेको नेपाल आदिवासी जनजाति संघ, नेपाल किसान संघको महाधिवेशन विगत १५ वर्षदेखि हुन सकेको छैन । नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघलाई भने साढे दुई वर्षमा पनि महाधिवेशन गर्न नसकेको भन्दै भंग गरिएको थियो ।
कांग्रेसका नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवा संघ र नेपाल प्रेस युनियनबाहेक सबै शुभेच्छुक संस्थाले नियमित महाधिवेशन गर्दै आएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेससँग २९ पेशागत संगठन आवद्ध छन् । यो संस्था आर्थिक रूपमा आफै सक्षम छ भने अन्तर्राष्ट्रिय श्रम संगठनको गभर्नर बडीमा समेत प्रतिनिधित्व छ । तर, यो संस्थामा पार्टी संस्थापन पक्षले पकड गुमाएपछि फुटाउने अभ्यास सुरू भएको छ ।
स्राेतका अनुसार उपसभापाति विमलेन्द्र निधि र संस्थाका पूर्वअध्यक्ष खिलानाथ दाहालको सल्लाहमा भ्रातृ संस्थालाइ व्यवस्थिन बनाउन गठन गरिएकाे कार्यदलका संयोजक एनपी साउदले संस्था फुटाउने गृहकार्य गरिरहेका छन् । संस्थामा ह्वाइट कलर भनेर मानसिक श्रम गर्नेलाई लिने गरिन्छ भने ब्ल्यू कलर शारीरिक श्रम गर्नेलाई लिने गरिन्छ ।
कांग्रेसले नियमावलीमा भ्रातृ संस्थामा पार्टीको केन्द्रीय प्रतिनिधिको रोहवरमा कामकारबाही गर्नुपर्ने प्रस्तावप्रति संस्थाले असहमति जनाउँदै विद्रोहको धम्की दिएको थियो । ट्रेड युनियन कांग्रेससँग आवद्ध पेशागत संगठनमध्ये धेरैजसो जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयमा दर्ता भएका छन् ।
‘शुभेच्छुक संस्थालाई पार्टीले नियन्त्रण नगर्ने र फुटाउँदा विवाद आउन सक्ने भएकाले निर्णय भएको छैन,’ केन्द्रीय सदस्य श्याम घिमिरेले भने, ‘डीएलए अध्यक्षसहितको १० जनाको टोलीले भ्रातृ संस्थाको विधानको खेस्रा हामीलाई बुझाएपछि निर्णय गर्नेछौं ।’
भ्रातृ संस्थामा एकरूपता ल्याउन पार्टीले स्वीकार गरेअनुसार आठवटा क्लस्टरका संस्थालाई एउटै छातामुनि राख्ने प्रस्ताव पनि आएको कार्यदल सदस्य प्रदीप पौडेलले बताए । कतिपय जातीय संस्था शुभेच्छुक संस्थाको रूपमा रहेकाले उनीहरूलाई भ्रातृ संस्थाको रूपमा मान्यता दिन लागिएको छ ।
नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवा संघ जस्ता शुभेच्छुक संस्था, नेपाल मुस्लिम संघ, नेपाल मगर संघ, नेपाल तामाङ संघ जस्ता भ्रातृ संस्थालाई महासंघ मातहतको संघमा राख्ने प्रस्ताव गरिएको छ ।
कांग्रेसमा भ्रातृ संस्थाको नियमित महाधिवेशन गर्न नदिने, केही भ्रातृ संस्थालाई भंग गर्ने र पूर्णता नदिनेजस्ता फरकफरक व्यवहार भएका छन् । यही कारण किसान संघ, आदिवासी जनजाति संघ, ठाकुर संघ, प्रजातन्त्र सेनानी संघ, दलित संघ, अपाङ्ग संघले नियमित महाधिवेशन गर्न सकेका छैनन् ।
‘नेविसंघ र तरुण दलजस्ता प्रभावशाली संगठनलाई आफूअनुकूल बनाउन नसक्दा पूर्णता नदिने र भंग गर्ने तर केही संस्थामा अध्यक्षले नै नचाहँदा भ्रातृ संगठन लथालिंग भएका हुन्’, केन्द्रीय सदस्य जीवन परियारले भने ।
केन्द्रीय सदस्य परियारले पार्टी नेतृत्वको विश्वासमा रहेका भ्रातृ संगठनका अध्यक्षले ढुक्कसँग महाधिवेशन नगरी बसेको बताए । निष्क्रिय र गतिहीन भ्रातृ संस्थाको विषयमा नेतालाई चासो नभए पनि कार्यकर्तामा प्रभाव छाड्ने भ्रातृ संस्थामा पार्टी नेतृत्वको चासो बढी हुने गरेको छ ।
शेरबहादुर देउवा सभापति निर्वाचित भएपछि भएका भ्रातृ संस्थाको सबै महाधिवेशनमा संस्थापन पक्षले पराजय बेहोर्दै आएको छ । भ्रातृ संस्थालाई आफ्नो नियन्त्रणबाट बाहिर जान नदिन सभापति देउवाले नै धेरै कसरत गरेको असन्तुष्ट पक्षका नेताहरूको टिप्पणी छ ।
जागरण अभियानमा भ्रातृ संस्थाका पदाधिकारी र सदस्यहरूको क्रियाशिलतामा कमी आउँदा अभियानले अपेक्षाअनुसार सफलता नपाएको पार्टी नेतृत्वतहबाटै गुनासो आउने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस