वि.सं.२०७६ साल असोज १० गते । शुक्रबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि चतुर्दशी,५२ घडी १२ पला,रातको ०२ बजेर ४७ मिनेट उप्रान्त औंशी । नक्षत्र पूर्वाफाल्गुनी,४७ घडी ४६ पला,रातको ०१ बजेर ०१ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग शुभ,४९ घडी ०९ पला,बिहान ०१ बजेर ३४ मिनेट उप्रान्त शुक्ल । करण भद्रा,बेलुकी ०४ बजेर ०४ मिनेट उप्रान्त शकुनी,रातको ०२ बजेर ४७ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान ३० घडी ५७ पला । शस्त्र(अस्त्र आदिबाट मरेकाको चतुर्दशी श्राद्ध। नलाश्वनेचह्रे पूजा। जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो उत्थान। पर्यटन दिवस। कृष्ण प्रणामी– प्राणनाथजीको जन्मोत्सव।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाइ लेखाइमा प्रशस्त समय दिदा दिदै नतिजा कम आउनाले मन खिन्न हुनेछ । बौद्धिकताको बहसमा तपाईँको तर्क कमजोर ठहरिनेछ । आफन्त तथा सन्तान पक्षको आशिंक सहयोग प्राप्त हुनेछ । शेयर बजार तथा अन्त आर्थिक कारोबारको शुचाङक मन्द गतिमा बढ्नेछ । उपाहार प्राप्त भएपनि टरेर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कामगर्दा सचेतना अपनाउँनुहोला खुट्टा तान्ने तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक कामको जिम्मेवारी बढेतापनि उपलब्धि हासिल हुनेछैन । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना नहोला भन्न सकिन्न । आर्थिक अपारदर्शिताकै कारण अरुले औला उठाउन सक्छन् । प्रणय सम्बन्धमा केहि मनमुटाव बढ्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रतिष्पर्धामा सहभागि हुनु परेपनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राजनितिज्ञ तथा सामाजिक क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय मध्ययम रहेकोछ । बन्द व्यापारमा लगानि गरि पनि आम्दानि थोरै हुनेछ । अध्ययनमा मन नजाने हुनाले नतिजा अरुतिरै जानेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । आफन्त तथा साथिभाईहरु टाडिनेछन् । व्यापारमा मन्दि आउने तथा खर्च बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि लामो दुरिको विदेश यात्राको तय हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउँने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अधुरा कामहरु पूरा हुँनुका साथै नयाँ कामका अवसर आउँनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसायमा लगानि गरि भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुँनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुँनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानि घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफुतिर ल्याउँन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारि साधन तथा बिलाशी सामान हातलागि हुने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाईमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ । आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । लामो समय सम्म आम्दानि भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिनेछ । सत्रुमाथि बिजय गर्न सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस