पाँचथर-केरुङ उत्थान मञ्च प्रवास कार्यसमितिको संयोजमा कलाकार देउमान केरुङलाई आर्थिक सहयोग गरीएको छ। केरुङ उत्थान मञ्च प्रवासवाट मायालु कान्छा विराज केरुङको सक्रियतामा २ लाख ४२ हजार ९ सय ३९ रुपैयाँ एक कार्यक्रमका विच पाँचथरको सदरमुकाममा उनका परिवारलाई हस्तान्तरण गरीयो।
उनि लामो समयदेखि फोक्सोको क्यान्सरवाट पिडित भई भारतमा उपचाररत छन्। उक्त कार्यका लागि नेपालबाट नुनाम केरुङ, नेरन्द्र राज केरुङ र मनकुमार केरुङले संयोजन गरेका थिए।
प्रवासका लागि मुख्य संयोजन युएईमा कार्यरत लिम्बू मायाँलु कान्छा (विराज केरुङं), साउथ अफ्रिकामा कार्यररत ज्ञान यख्खाले गरेका थिए। त्यस्तै हङकङमा कार्यरत सोम तुम्बाहाङ, सर्मिला लिम्बू, इजराइलमा कार्यरत संगिता आङ्थोपुले आर्थिक सह–संयोजकको भुमिका निर्वाह गरेका थिए भने नेपालमा प्रमुख आर्थिक संयोजन राजेन्द्र केरुङले गरेका थिए।
सहयोगि हातहरुवाट संकलित रकम हस्तान्तरण गर्दै सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि थाक्थुम प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जबेगूले वैदेशिक रोजगारमा गएका दाजुभाईहरुले गरेको सहयोगको प्रसंशा गरेका थिए।
रोजगारीको लागि विदेशमा रहेर पनि मायाँलु कान्छा विराज केरुङले यस अघि पनि विभिन्न सामाजिक काम सहित समस्यामा परेका नेपाली दाजुभाई दिदी वहिनीहरुलाई आर्थिक सहयोग गर्र्दै आएका छन्। उनको नेतृत्वमा अग्नी पिडित वाढि पिडित पाँचथरेहरु सहित दृष्टि विहिन सहित विभिन्न दिर्घ रोगले थलिएकाहरुको उपचारमा लाखौ रकम संयोजन र संकलन गरी सहयोग गरेका छन्।
पाँचथरमा रहेर नुनाम केरुङले अफ्ठ्यारोमा परेकाहरुलाई वैदेशिक रोजगारमा गएका दाजुभाईहरुसंगको संयोजन आर्थिक संकलन गरी सहयोग गर्दै आएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस