एजेन्सी-अमेरिकी कम्पनी आइबीएमले निर्माण गरेको सुपर कम्प्युटरले विश्वकै पहिलो र दोश्रो स्थान ओगटेका छन्। भने तेश्रो र चौथो नम्बरमा चिनियाँ सुपर कम्प्युटर परेका छन्। संख्यात्मक हिसावले उत्कृष्ट ५ सयको सूचीमा चीनका मात्रै सबैभन्दा धेरै ९२१९ ओटा सुपर कम्प्युटर रहेका छन् भने दोश्रोमा अमेरिकाका ११६ सुपर कम्प्युटर परेका छन्। त्यसपछि क्रमशः जापानका २९, फ्रान्स १९, बेलायतका १८ र जर्मनीका १४ ओटा रहेका छन्।
१. समिट
पहिलो स्थानमा रहेको ‘समिट’ नामक सुपर कम्प्युटरलाई अमेरिकाको अमेरिकाको टेन्नेसी राज्य स्थित ऊर्जा विभाग अन्तरगत रहको ओक रिज राष्ट्रिय प्रयोगशाला ९ ओआरएनएल मा राखिएको छ। अघिल्लो ६ महिनाको तुलनामा पछिल्लो समय समिटको एचपीएलमा स्तरोन्नती गरिएको छ। जसले १४८ दशमलव ६ पेटाफ्लप रेकर्ड तयार पार्ने क्षमता राख्दछ।
२. सियरा
शक्तिशाली सुपर कम्प्युटरको दोश्रो स्थान समेत आइबिएमले नै निर्माण गरेको सुपर कम्प्युटरले लिएको छ। ‘सियरा’ नामक उक्त सुपर कम्प्युटरलाई क्यालिफोर्नियामा रहेको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा राखिएको छ। यो कम्प्युटरको रेकर्ड क्षमता ९४ दशमलव ६ पेटाफ्लप रहेको छ।
३. सनवे थाइहुलाइट
चीनको नेशनल रिसर्च सेन्टर अफ प्यारलल कम्प्युटर इन्जिनियरिङ एण्ड टेक्नोलोजी-एनआरसीपीसीले विकास गरेको ‘सनवे थाइहुलाइट’ नामक सुपर कम्प्युटर विश्वकै शक्तिशाली कम्प्युटरको तेश्रो स्थानमा परेको छ। ९३ पेटाफ्लप रहेको यो सुपर कम्प्युटर चीनको जिङ्सु प्रान्तको वुसी स्थित राष्ट्रिय सुपर कम्प्युटर केन्द्रमा राखिएको छ।
४. तियान्हे-२ `ए’
चीनको प्रतिरक्षा प्रविधि राष्ट्रिय विश्वविद्यालय एनयूडीटीले विकास गरेको ‘तियान्हे-२ `ए’ ९ मिल्की वे-२ `ए´ सुपर कम्प्युटर चौथो नम्बरमा छ। ग्वान्जावमा रहेको राष्ट्रिय सुपर कम्प्युटर केन्द्रमा यसलाई राखिएको छ। ६१ दशमलव ४ पेटाफ्लप नतिजाका लागि तियान्हे-२ एमा एचपीएल इन्टेल एक्सोन तथा मेट्रिक्स–२००० प्रोसेसरको प्रयोग गरिएको छ।
५. फ्रन्टेरा
‘फ्रन्टेरा’ पछिल्लो समय उत्कृष्ट दशमा पर्न एक मात्रै नयाँ सुपर कम्प्युटर हो। सुरुवाती प्रवेशमा पाचौँ स्थान ओगट्न सफल यो सुपर कम्प्युटरको प्रोसेसिङ पावर एचपीएलमा २३ दशमलव ५ पेटाफ्लप रहेको छ । डेल सी ६४२० सिस्टम, इन्टेल एक्सोन प्लाटिनम ८२८० प्रोसेसर युक्त फ्रन्टेरालाई टेक्सास विश्वविद्यालय अन्तरगतको टेक्सास एड्भान्स कम्प्युटिङ सेन्टरमा राखिएको छ।
६. पीज डायन्ट
स्वीजरल्याण्डको स्वीस नेशनल सुपरकम्प्युटिङ सेन्टर ९सीएससीएस० मा इन्स्टल गरिएको क्यारि एक्ससी ५० सिस्टममा आधारित ‘पीज डायन्ट’ छैटौँ नम्बरमा छ । २० दशमलव २ पेटाफ्लप क्षमताका यो सुपरकम्प्युटरमा इन्टेलको एक्सोन सीपीयू र एनभीडीआईए पी १०० जीपीयू प्रयोग गरिएको छ। पिज डायन्ट युरोपकै शक्तिशाली सिस्टम मानिन्छ।
७. ट्रिनिटी
लस आलमोस नेशनलल ल्याबोरेटरी र सन्दिया नेशनल ल्याबोरेटरीले सञ्चालन गरेको क्यारी एक्ससी ४० मा आधारित ‘ट्रिनिटी’ले सातौँ स्थान हासिल गरेको छ। २० दशमलव २ पेटाफ्लप पर्फमेन्स पावर रहेको यो सुपर कम्प्युटरलाई इन्टेल एक्सोन र एक्सोन फी प्रोसेसरले प्रवर्दन गरेको छ।
८. एआई ब्रिजिङ क्लाउड इन्फ्रास्टक्चर
यसैगरी जापानको नेशनल इन्स्टिच्युट अफ एड्भान्स इन्डस्ट्रियल साइन्स एण्ड टेक्नोलोजी ९ ए आईएसटीमा जडान गरिएको ‘एआई ब्रिजिङ क्लाउड इन्फ्रास्टक्चर’ ९ एबीसीआई विश्वका शक्तिशाली सुपर कम्प्युटरको सूचीमा आठौँ नम्बरमा छ। फुजित्सुले तयार पारेको १९ दशमलव ९ पेटाफ्लप रहेको यो सुपर कम्प्युटरमा इन्टेल एक्सोन गोल्ड प्रोसेसर र एनभीडीआईए टेस्ला भी १०० जीपीयू उपकरण जडान गरिएको छ।
९. सुपर एमयूसी-एनजी
१९ दशमलव ५ पेटाफ्लप क्षमताको ‘सुपर एमयूसी–एनजी’ नवौँ स्थानमा परेको छ। जर्मनीको गार्चिङ शहर स्थित लेइबेञ्ज सुपर कम्प्युटिङ सेन्टरमा रहेको यो सुपरकम्प्युटरमा लेनोभोले बनाएको मेसिनसँगै इन्टेल प्लाटिनम एक्सोन प्रोसेसर राखिएको छ।
१०. लेशन
१८ दशमलव २ पेटाफ्लप क्षमता अपग्रेड गरिएको ‘लेशन’ सुपर कम्प्युटर १० औँ नम्बरमा छ । यो सुपर कम्प्युटरलाई विश्वकै दोश्रो शक्तिशाली सुपर कम्प्युटर ‘सियरा’ रहेको अमेरिकाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामै राखिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस