चितवन-जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ ।
कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका बिरामीको यहाँ उपचार भएको छ । उहाँका अनुसार छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेका छन् ।
यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, बारा, रुपन्देही, सर्लाही, कञ्चनपुर र प्यूठानका बिरामीको उपचार जिल्लाका अस्पतालमा भइरहेको छ ।
केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेङ्गु परीक्षण गरिएको छ । जसमध्ये तीन हजार १३८ जनामा सङ्क्रमण देखिएको उनले जानकारी दिए । ती बिरामीमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनको सङ्ख्या दुई हजार ३९० रहेको छ ।
यस्तै नवलपुरको ३२२ र मकवानपुरका ६१ जना रहेको उहाँले बताउनुभयो । यीबाहेक अन्य जिल्लाका ३६५ जना रहेका छन् । यो सङ्ख्या साउन यताको हो । परीक्षण गरेर सङ्क्रमण देखिएका ३६५ मध्ये २५० जनाको ठेगाना प्रष्ट नभएको केसीको भनाइ छ । अरु थप जिल्लाका बिरामी पनि उपचारका लागि यहाँ आएको हुनसक्ने देखिएको छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी बाहिरी जिल्ला ठेगाना भएकामा रोजगार, अध्ययनलगायतका कारण यहाँ बस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै बाहिरी जिल्लाबाट आउने बिरामी रहेको बताए । कतिपयले यहीको ठेगाना लेखेर उपचार गर्ने गरेको उहाँको भनाइ छ । जिल्लामा भरतपुर, दुई ठूला मेडिकल कलेजसँगै निजी र सरकारी साना ठूला अस्पताल रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस