काठमाडौं – चीनिया राष्ट्रपति सी जिनफिङ असोज २७ गते दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। लामो समयको प्रतिक्षापछि चीनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दिएको छ।
राष्ट्रपति सी को नेपाल भ्रमणको तयारीमा नेपाली र चीनियाँ पक्ष तयारीमा जुटेका छन्। चीनियाँ टोलीले काठमाडौंको भौगोलिक अवस्थाका विषयमा अहिले अध्ययन गरिरहेको श्रोतको दाबी छ। सुरक्षा संवेदनशीलताका कारण भ्रमणको मिति र तालिका औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
राष्ट्रपति सीको भ्रमणका क्रममा बहुचर्चित नेपाल-चीन जोड्ने रेलमार्गबारेमा पहिलो पटक औपचारिक सहमति गर्ने नेपाल सरकारको तयारी छ। दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं-केरुङ रेलमार्ग लगायतका विभिन्न विषयमा सम्झौता हुने बताइएको छ।
२३ वर्षयता चीनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन्। शनिबार चीनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडौं आउँदै छन्। उनको भ्रमणलाई राष्ट्रपतिको भ्रमणको तयारीको रूपमा लिइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस