सोल – उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले देशको पूर्वी तटीय क्षेत्र सिङ्पोबाट द सि अफ जापानमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिका र दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।
मिसाल झण्डै ६० किलोमिटर परसम्म गएर समुद्रमा खसेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । गएको महिना उत्तर कोरियाले सि अफ जापान तर्फ चारवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि किसिमको आणविक हतियार बनाउन तथा प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर उसले मिसाइल परीक्षणलाई निरन्तरता दिँदै आएको छ । उसले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ ।
चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिका भ्रमण सुरु गरेकै बेला उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच उत्तर कोरियाको विषयमा छलफल हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस