पाोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनितिक हस्तक्षेपकै कारण संघ संस्थाहरुले राम्रो काम गर्न नसकेको बताएका छन ।
साहारा क्लबको ११ औ अधिवेशनको दोभिल्ला पोखरामा उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो टिप्पणी गरेका हुन ।
नेपालमा राजनितिक भागभण्डाकै कारण धेरै सस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनितिक हस्पक्षेप मुक्त संस्थाहरुले तुलानात्मक रुपमा राम्रो भएको आफुले पाएको बताए ।
उनले हिमालयन आखा अस्पताल पोखरा, एसओएस बालग्राम पोखरा र साहारा क्लब पोखरा राम्रो काम गर्ने सस्थाहरु भएको उदाहरण दिए । ‘यी सस्थाहरुले सरकारबाट हालसम्म अनुदान पाएका छैनन् तर विभिन्न क्षेत्रबाट रकम जम्मा गरेर उदाहरणीय काम गरिरहेका छन’ उनले भने ‘यस्ता सस्थाहरुलाई प्रदेश सरकारले सधै पोत्साहन गर्छ र आवश्यक सहयोग गर्छ ।’
हिमालयन आखा अस्पताललाई ५० लाख, एसओएस बालग्रामलाई एक करोड सहयोग गरिएको समेत उनले जानकारी दिए । साहारा एकेडेमी पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने बार्षिक खर्च २० देखि ३० लाख खर्च प्रदेशले व्यहोर्ने समेत पनि मुख्यमन्त्रीले घोषणा गरे ।
अझै पनि देश निर्वाहमुखी र गुजरामुखी अवास्थामा रहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले सवै मिलेर यस्ता अवास्थालाई माथि उठाउनुपर्ने आवश्यकता औल्याए ।
मुख्यमन्त्रीले राम्रो काम गर्ने संघसस्थाले प्रदेशले अनुदान दिने योजना प्रदेशको रहेको समेत सुनाए ।
सो अवसरमा साहारा पत्रकारिकता पुरुस्कार २०७६ बाट नागरिक दैनिका पत्रकार सन्देश श्रेष्ठलाई सम्मान गरिएको छ । पुरुस्कारको राशी २० हजार ५ सय ५५ रुपैया र प्रमाणपत्र रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस