काठमाडौँव – माकुरा हाम्रो वरिपरि जताततै छन्। माकुराको भोक पनि अनौठो हुने गर्छ। केही ठूला प्रजातिका माकुराले छेपारो, चरा र सानातिना स्तनधारी जनावर पनि खाने गरेको पाइन्छ। माकुराको भोकको यस्तै प्रकृतिलाई देखेर दुई युरोपेली बायोलोजिस्टले हालै एक अनुसन्धान गरेका छन्ः पृथ्वीमा भएका सारा माकुराले एक वर्षमा खाने खानाको तौल कति होला?
मार्टिन नेफ्लर र क्लाउस बर्कहोफरले मार्च महिनामा ‘साइन्स अफ नेचर’ नामक जर्नलमा आफ्नो अनुमान प्रकाशित गरेका छन्। जसअनुसार पृथ्वीका सारा माकुराले एक वर्षमा ४० देखि ८० करोड टन शिकार गर्न सक्छन्। यसको अर्थ पृथ्वीमा माकुराले सारा मानिसले जति नै मासु खान सक्छन्। विश्वका सात अर्ब मानिसले वार्षिक ४० करोड टन माछा र मासु उपभोग गर्ने जनाइएको छ।
अझ एउटा अर्को अनौठो तुलना गरौँ, पृथ्वीमा भएका सम्पूर्ण वयष्क मानिसको तौल अनुमानित रुपमा २८.७ करोड टन हुन्छ। त्यसमा बच्चाबच्चीको तौल सात करोड टन जोडिदिँदा पनि त्यो वर्षभरीमा पृथ्वीका माकुराको खानाको तौलभन्दा कम हुन पुग्छ।
अर्को शब्दमा माकुराले पूरै मानिसहरुलाई खाइसक्दा पनि उनीहरु अघाएका हुँदैनन्।
यो निष्कर्षमा पुग्न यी वैज्ञानिकले विभिन्न अनुसन्धानको सहारा लिएका छन्। उदाहरणका लागि जमीनको एक वर्ग मिटर क्षेत्रफलमा कति माकुरा बस्छन् वा एक माकुराले एक वर्षमा कति खाना खानसक्छ। एक अनुसन्धानअनुसार औसत रुपमा पृथ्वीको एक वर्गमिटर क्षेत्रफलमा १३१ माकुरा बस्छन्।
नेफ्लर र बर्कहोफरका अनुसार पृथ्वीका सबै माकुरालाई एकै ठाउँमा राखेर जोख्ने हो भने तिनीहरुको तौल २.५ करोड टन हुन आउँछ। एउटा टाइटानिक जहाजको तौल ५२ हजार टन थियो। तसर्थ पृथ्वीका सबै माकुराको तौल ४७८ टाइटानिकबराबर हुन आउँछ।
जीव वैज्ञानिकहरुका अनुसार माकुराले सामान्यत एक दिनमा आफ्नो तौलको १० प्रतिशत बराबर तौलको खाना खाने गर्छ। यसको अर्थ नौ सय किलो माकुराले एक दिनमा ९० किलोको मानिसलाई खाइसक्छ।
माकुराको भोक यति डरलाग्दो भए पनि यसले मानिसलाई फाइदा नै पुर्याएको छ। उनीहरुको भोककै कारण झिंगा, लामखुट्टे, किराफट्यांग्रा, आदिको संख्या अनियन्त्रित भएको छैन। वाशिंगटन पोस्टले लेखेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस