वि.सं.२०७६ साल भाद्र २९ गते । आईतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि प्रतिपदा,१२ घडी १७ पला,बिहान १० बजेर २२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र उत्तरभाद्रपदा,४८ घडी ४१ पला,रातको ०१ बजेर १७ मिनेट उप्रान्त रेवती । योग गंड,४२ घडी ५७ पला,बेलुकी १० बजेर ५९ मिनेट उप्रान्त वृद्धि । करण कौलव,बिहान १० बजेर ४४ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर ४१ मिनेट उप्रान्त गर । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान ३० घडी ४६ पला । पञ्चक। द्वितीया श्राद्ध। पुञ्चली भुजा। बालदिवस। सर्वार्थसिद्धि योग रातको ०१ बजेर १७ मिनेटसम्म।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापारमा लगानि बढाएपनि उधारा माग्ने तथा उठ्नु पर्ने रकम नउठ्ने समस्याले सताउनेछ । अध्ययनमा मन नजादा पढ्ने लेख्ने काम बाकि रहनेछ । खर्च बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । तरपनि अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बन्द व्यापारमा मन्दि आउँनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । उपलब्धिबिहिन तथा चुनौतिपूर्ण काममा दौडनु पर्दा समय त्यतिकै व्यातित हुनेछ । सत्रुभाव राख्नेहरु सलबलाउनेछन् भने कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । अध्ययनमा समय नदिए नतिजा अरुतिरै जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुँनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुँनेछ । अवसरवादीहरुले हर तरह फसाउँन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धर्म तथा अध्यात्मक्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । धर्म तथा अध्यात्म सँग सम्बन्धित सामानको व्यापार बढ्नेछ । पढाई लेखाई वा खोजिमुलक कामकै लागी लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सानातिना समस्याले तपाईलाई कमजोर बनाउनेछ । रिक्स लिने बानिले थप समस्या पैदा गर्नेछ । व्यापारमा लगानि गरेपनि आम्दानि न्युन हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेम तथा मित्रताको बन्धन नचाहादा नचाहादै टुट्न सक्छ । खोजिमुलक कामको सवालमा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नयाँनयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । व्यावसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुँनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सानो काम सम्पादन गर्न पनि मनग्गे समय खर्चनु पर्नेछ । आर्थिक व्यावस्थापन गर्न नजान्दा व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागी केही समय कुर्नुनै राम्रो रहनेछ । ऋण तथा पुराना समस्याहरुले सताउनाले मनमा बेचैन पैदा हुनेछ । आफन्त तथा मावली पक्षसँग घरायसी कुरामा राय बाजिनेछ । खर्च बढ्ने तथा आम्दानि न्युन हुदा दैनिकी प्रभावित हुनसक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । वर्गिय हक हितका लागि गरिएका प्रयत्नबाट भनेजस्तो नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नाँम कमाउँन गरिएका प्रयासबाट उल्टै क्षति बेहोर्नु पर्नेछ । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछन् । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाँँफा कमाउँन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दाजुभाई तथा छिमेकि सँग घरायसि कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुँनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कामगर्न जोस जागर आउनाले रचानात्मक कार्य शुभारम्भ गर्न सकिनेछ भने काममा सहयोग गनेहरु प्रशस्त भेटिनेछन् । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेम र मित्रताको वन्धन कसिलो हुने तथा पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा सुधार गर्दै लैजान सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस