काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस ) मार्फत कोरिया जान चाहने नेपाली युवाहरुको संख्या हरेक बर्ष बढ्दै गएको छ | आठौँ कोरियन भाषा परीक्षाका लागि शुक्रबार दिउसो १.३० बजेसम्ममा ७४ हजार बढीले आवेदन गरेका छन् |
ईपीएस शाखा नेपालका अनुसार उत्पादनमुलक क्षेत्र तर्फ २३ हजार र कृषि तथा पशुपालन क्षेत्र तर्फ ५० हजार बढीको आवेदन परेको छ | यो संख्या हाल सम्मकै धेरै हो |
यो बर्ष देखि अनलाईन मार्फत फारम भर्न मिल्ने व्यवस्था मिलाईएको छ | फारम रजिष्ट्रेशनमा समस्या देखिए आवेदन भर्ने समय थप गर्ने भनिए पनि फारम रजिष्ट्रेशनमा समस्या नदेखिएकाले समय थप नहुने ईपीएस शाखा नेपालका निर्देशक बाबुराम खतिवडाले बताए |
आवेदन फारम भर्दा फोटो र पासपोर्टलगायतका कागजात प्रस्ट नभएका आवेदनले चैत २० देखि २५ गतेसम्म सच्याउन सकिने पनि ईपिएस शाखा नेपालले जनाएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस