काठमाडाैं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले बाँकेमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको समारोहमा आक्रमण गरेका छन्।
आक्रमणमा कांग्रेस बाँकेकी सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालसहित पार्टीका दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका छन्।
आक्रमणको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा र भत्र्सना गरेका हुन्।
आक्रमणलाई सुनियोजित एवं सांघातिक भन्दै कांग्रेसले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बाँकेको खजुरा गाउँपालिका २ सीतापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भइरहँदा नेकपाका खजुरा गाउपालिका–१ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनील, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३–१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी ‘यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन’ भन्दै आक्रमण गरेको कांग्रेसले विज्ञप्तिमा जनाएको छ।
जिल्ला सभापति कोइरालाको हातमा चोट लागेको छ। दर्जनांै कार्यकर्ता घाइते भएका छन्। नेकपाका ५०–६० को संख्यामा रहेका कार्यकर्ताले नेपाली कांग्रेसको कार्यक्रम बिथोल्ने उद्देश्यका साथ सडकमा नाराबाजी गरेका थिए।
‘यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासनसमेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सीधा आक्रमण गरिएको रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ।
‘बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको पहिलो र दोस्रो जागरण अभियानमा उर्लँदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएको कांग्रेसको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।
‘सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ।
नेपाली कांग्रेसले यस्तो घटना पुनः नदोहोर्याउन नेकपालाई चेतावनी दिँदै जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन पनि आग्रह गरेको छ। साथै आक्रमणकारीहरुलाई तत्काल कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस