काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ खेलाउने प्रस्ताव अघि बढाएको छ । ६ देशबिच प्लेअफ खेलाउने प्रस्तावमाथि आउँदो मे ९ मा फिफाको बैठकले निर्णय गर्नेछ ।
फिफाको ५ महादेशले सन् २०२६ मा हुने विश्वकपमा आफ्नो क्षेत्रबाट अहिले पाउदै आएको कोटाभन्दा बढी टोलीको सहभागिता मागेपछि फिफाले ६ देशबिच प्लेअफ गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अघि बढाएको हो । यो प्रस्ताव पारित भए फिफाले ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमलाई प्लेअफको मौका दिने छ ।
फिफाको जनवरीमा बसेको बैठकले सन् २०२६ मा हुने विश्वकपमा ४८ देशले सहभगिता जनाउने निर्णय पारित गरेको थियो । तर, विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिएपनि महादेशलाई कति कोटा दिने भन्नेबारे फिफाले केहि निर्णय गरेको छैन । त्यसअघि रुसमा हुने सन् २०१८ को विश्वकपमा भने अहिले रहदै आएका ३२ देशले सहभागिता जनाउने छन् ।
फिफाले विश्वकप खेल्ने टोलीको संख्या बढाएसँगै सबै महादेशले भने आफूलाई चाहिने कोटा माग गरिसकेको छ । विश्वकपमा धेरै सहभागी हुने क्षेत्र युरोपले १३ देश सहभागी हुँदै आएको अब १६ हुनु पर्ने माग गरिसकेको छ । अफ्रिका महादेशले ५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ९ देश हुनु पर्ने माग गरेको छ ।
त्यस्तै एसिया महादेशबाट ४ र ५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ८ हुनु पर्ने, दक्षिण अमेरिकाबाट ४ देश सहभागी हुँदै आएकोमा ६ हुनु पर्ने, उत्तर–मध्य अमेरिका तथा क्यारेबियनबाट ३र४ देश सहभागी हुँदै आएको अब ६ हुनु पर्ने र ओसियानाबाट १ देश सहभागी हुनुपर्ने माग गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस