भरतपुर- चितवन मेडिकल कलेजबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द रिहा भएका छन्।
बिहीबार विहान प्रकाशसहित ७ जना विद्यार्थीलाई प्रहरीले रिहा गरेको हो।
बुधबार बिहान चितवन प्रहरीले विप्लवका छोरा प्रकाशसहित एक दर्जन विद्यार्थीलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ९ जना विद्यार्थी बुधबार साँझ नै रिहा भएका थिए।
चितवन प्रहरीका प्रमुख दानबहादुर मल्लले अभद्र ब्यवहार गरेकाले उनलाई पक्राउ गरिएको जानकारी दिएका थिए।
प्रकाश पछिल्लो समय चिकित्सा शिक्षा संघर्ष समितिमा रहेर मेडिकल शिक्षा सम्बन्धि आन्दोलनमा सक्रिय थिए।
चितवन मेडिकल कलेजमा केही दिनदेखि विभिन्न माग राखेर सुरु भएको आन्दोलनको पनि उनले आन्दोलनको अगुवाई गरिरहेका थिए।
प्रकाश विप्लव निकट स्वास्थ्यकर्मीहरूको संगठनका केन्द्रीय महासचिव समेत हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस