काठमाडौं – सामसुङको नयाँ फोन आइपुगेको छ, र यो आकारमा ठूलो छ । ६.२ इन्चको स्क्रीन भएको सामसुङ ग्यालेक्सी एस ८ प्लसले ५.५ इन्चको आइफोन ७ प्लसलाई पुड्को बनाइदिएको छ । यद्यपि समग्र बडीमा भने धेरै फरक छैन ।
प्रविधिका पोख्तहरुले आइफोन र सामसुङका यी दुई संस्करणलाई तराजुमा राखेर जोख्न थालिसकेका छन् । एजेन्सीहरुको रिपोर्टका आधारमा हामीले विश्लेषण गरेका छौं, आखिर कुन फोन कति पानीमा छन् त ?
स्क्रीन
एप्पलको सबैभन्दा ठूलो फोनमा ५.५ इन्चको एलइडी ब्याकलिट टचस्त्रिmन रहेको छ जुन रेटिना डिस्प्लेका रुपमा मान्यता प्राप्त छ । यसको रिजोलुसन प्रतिइन्च ४०१ पिक्सेल रहेको छ, जसको अर्थ नांगो आँखाले हेर्दा पनि तपाईंले यसमा कुनै थोप्ला देख्न सक्नुहुन्न ।
यद्यपि, यस विधामा सामसुङले बाजी मारेको छ किनकी यसको एस८ प्लसले ठूलो स्त्रिmनलाई उही आकारको बडीमा समावेश गरेको छ जुन ६.२ इन्च रहेको छ । यसका अतिरिक्त यसले प्रतिइन्च ५२९ पिक्सेलको रिजोलुसन दिन्छ । यसको डिस्प्ले मोबाइल एचडिआर पि्रमियम स्त्रिmनका रुपमा प्रमाणित गरिएको छ जसको अर्थ यसले नयाँ भिडियो फम्र्याटले दिने फराकिलो रंगको दायरालाई डिस्प्ले गर्न सक्छ ।
विजेताः सामसुङ
क्यामेरा
आइफोन ७ एस प्लसको सबैभन्दा ठूलो परिवर्तन यसको फोटोग्राफिक रि-डिजाइन थियो । यसले दुई १२ मेगापिक्सेल क्यामेरा थप गरेको छ, एउटा वाइड एंगल र अर्को टेलिफोटो, जसले २ एक्स अप्टिकल जुम प्रदान गर्छ ।
सामसुङले आफ्नो पछिल्लो फोनमा फ्रन्ट क्यामेरालाई पुनःताजगी दिएर अतिरिक्त तीन मेगापिक्सेल र अटोफोकस थप गरेको छ भने १२ मेगापिक्सेलको रियर क्यामेरामा नयाँ एन्टीब्लर फिचर समावेश गरेको छ । कागजी रुपमा यस विधामा एप्पल अगाडि रहेको देखिन्छ, यद्यपि हामीे नयाँ सामसुङ क्यामेरा परिक्षण गर्नै बाँकी छ ।
विजेताः एप्पल (संभवतः)
असिस्टेन्ट
सामसुङको स्मार्ट भ्वाइस असिस्टेन्ट बिक्सबाइले एस८ प्लसभित्र पहिलोपटक प्रवेश पाएको छ र यसको धाक ठूलो छ ।
यसले बिक्सबाइलाई सपोर्ट गर्ने एप्समा धेरै कमाण्डहरु र कमान्ड कम्बिनेसन अफर गर्ने, तपाईं एपमा के गरिरनुभएको छ भनेर सचेत रहने तथा टच र भ्वाइस कन्ट्रोललाई एकीकृत गर्नेे कम्पनीले जनाएको छ । यद्यपि, बिक्सवाइ अहिलेसम्म परिक्षण भएको छैन ।
एप्पलको सिरी सन् २०११ देखि आइफोनमा समावेश छ र समयसँग यो बढि उपयोगी हुँदै गएको छ । यसमा तपाईंले नजिकका रेस्टुरेन्ट पत्ता लगाउन, एप्स खोल्न र भिडियो कल्सलाई प्लेस गर्न अनुरोध गर्न सक्नुहुन्छ । यो एकदमै भरपर्दो त छैन, तर उपयोगी अवश्य छ ।
विजेताः एप्पल
स्टोरेज
एप्पल र सामसुङ दुवैले स्टोरेज दिन कुनै कञ्जुस्याई गरेका छैनन् । सामसुङको ग्यालेक्सी एस८ प्लस ६४ जिवी स्टोरेजसहित आएको छ र यसले थप २५६ जिवी मेमोरी कार्डलाई सपोर्ट गर्छ ।
एप्पलको फ्ल्यास स्टोरेज प्रयोग गर्न छरितो हुन सक्छ, तर तपाईंलाई मात्र ३२ जिबी चाहिन्छ कि २५६ जिवीसम्म चाहिन्छ भनेर आफैं निर्णय गर्नुस ।
विजेताः बराबर
मूल्य
यी दुई फोनको मूल्य सोझो हिसाबले तुलना गर्न कठिन छ । यी दुवै उच्च मूल्यका फोनमा पर्छन् जसमा एप्पलको शुरुवाति मूल्य १ हजार २ सय ६९ डलर रहेको छ भने सामसुङको एक हजार ३ सय ४९ डलर ।
तर, पुरा कथा यो होइन । सबैभन्दा सस्तो आइफोन ७ प्लसले केवल ३२ जिवी स्टोरेज दिन्छ, जबकि सामसुङ ग्यालेक्सी एस८ प्लस ६४ जिवी स्टोरेजसहित आएको छ, जसलाई अझै बढाउन सकिन्छ ।
विजेताः सामसुङ
समग्र
समग्र प्रतिस्पर्धामा आइफोनले प्राविधिक जित हात पारेको देखिन्छ, तर यी दुईबीच एकदमै सानो अन्तर रहेकोमा शंका छैन । ६ महिनापछि एप्पलको नयाँ आइफोन आएसँगै यी दुईबीचको प्रतिस्पर्धा नयाँ विन्दूबाट सुरु हुनेछ ।
प्रबिधिको दुनियाँमा केही महिनाको अन्तर नयाँ आविस्कार थप्नका लागि ठूलो समय हो । त्यसमाथि एप्पलले आइफोन सुरु गरेको दशौं बर्षको अबसरमा थुप्रै नयाँ फिचरसहित ८ सेरिज ल्याउने चर्चा सुरु भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस