काठमाडाैं-नेपाल काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल आन्तरिक कलहमा रुमलिएको छ । दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीचको टकरावले आन्तरिक कलह बढेको हो ।
कांग्रेसले कार्यकर्तामा उत्साह जागृत गराउन भन्दै १५ दिने लामो राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बेला भातृ संगठनमा भने अध्यक्ष र महासचिवबीच लफडा शुरु भएको छ ।
दलका महामन्त्री शाही माउ पार्टी काँग्रेसले संचालन गरेको राष्ट्रिय जनजागरण अभियानप्रति नै रुष्ट देखिएका छन् । भ्रातृ संस्थालाई पूर्णता नदिई जनजागरण अभियान शुरु गर्नुको औचित्य नभएको र नौटंगी मात्रै भएको आरोप महासचिव शाहीको छ ।
महासचिव शाहीले ‘भ्रष्टाचारमुक्त नेपाल –सुशासनयुक्त नेपाल’ अभियान अन्तर्गत जिल्ला, नगर, गाउँ, वडा सबै ठाउँमा भ्रष्टाचारबिरुद्ध फण्डाफोर अभियान सञ्चालन गर्ने भन्दै सबै जिल्ला कार्य समितिलाई पत्राचार गरेका थिए । महासचिव शाहीको यस्तो पत्रप्रति अध्यक्ष बस्नेतले गम्भीर आपत्ति जनाउँदै कारबाहीको चेतावनी दिएका छन् ।
अध्यक्ष बस्नेत र महासचिव शाहीबीच पार्टीको लेटरप्याडमा पत्राचार गरागर समेत भएको छ ।
महासचिव शाहीले मंगलबार सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठलाई गरेको कारबाही फुकुवा गर्न र सप्तरी तरुण दल अध्यक्षमा सिताप्रसाद यादवलाई तीन महिना भित्र जिल्ला अधिवेशन गर्ने गरी पत्राचार गरेका थिए ।
शाहीले बुधबार पनि विज्ञप्ती जारी गर्दै भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रिय जागरण अभियानको क्रममा अघि बढाउने आफ्नो प्रस्तावलाई स्वीकार्न नसकेको भन्दै पुनः अभियानलाई निरन्तरता दिन आग्रह गर्दै देशव्यापी परिपत्र गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस