सोल- दक्षिण कोरियाले स्थायी आवासीय भिसा सम्बन्धी प्रावधान परिमार्जन गरेको छ। स्थायी आवासीय भिसा ‘एफ-फाइभ’ नवीकरण सम्धन्धी प्रावधान परिमार्जन गरेसँगै यो प्रक्रिया सहज भएको हो।
सन् २०१७ मा स्थायी आवासीय भिसा प्रत्येक १० वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान घोषणा गरिएपछि दक्षिण कोरियामा लामो समयदेखि बसोबास गर्दै आएका आप्रवासी समुदायमा हलचल आएको थियो। यो सँगै मिश्रित प्रतिक्रिया प्राप्त भएका थिए।
त्यसबेला कोरियाली भाषा परीक्षा लगायतका विषयमा आम मानिसले चासो व्यक्त गरेका थिए। यो प्रवाधान ल्याएर कोरियाले लामो समयदेखि बसेका आप्रवासीलाई लखेट्ने उनीहरूको चिन्ता थियो।
कोरियामा बस्दै आएका विदेशीले यस्तो चिन्ता व्यक्त गरेपछि सरकारले यसमा स्पष्ट पारेको छ। पहिले गरिएको प्रावधान न्याय संगत नभएको भन्दै त्यसमा केही हेरफेर गरिएको कोरिया सरकारले जानकारी दिएको छ।
‘अब स्थायी आवासीय अनुमतिपत्र मात्र नवीकरण गरिनेछ। भिसाको स्टाटस नै परिवर्तन गर्न लागिएको होइन। नवीकरण प्रक्रियामा पनि सजिलो बनाइएको छ,’ कोरियन इमिग्रेसन अफिसले भनेको छ।
‘अबको प्रक्रिया सजिलो भएको छ,’ विगत २२ वर्षदेखि कोरियमा बस्दै आएका एक अमेरिकी जेफ्री बोनले भने। उनी सन् २००० को दशकदेखि आधिकारिक रुपमा स्थायी अनुमति लिएर कोरिया बसोबास गर्दै आएका छन्।
सन् २००० को दशकको पूर्वाद्धतिर कार्यान्वयनमा ल्याइएको एफ फाइभ भिसा स्पोजल भिसामा थप अद्यावधिक गरिएको थियो। स्पोजल भिसा भनेको कोरियाली नागरिके विदेशी नागरिक बिहे गरेको खण्डमा दिइने अनुमति हो। तर यो भन्दा फरक प्रकृतिको हुन्छ स्थायी आवासीय भिसा। स्पोजल भिसा सम्बन्ध विच्छेद भएमा मान्य हुँदैन भने स्थायी आवासीय भिसामा विवाह र सम्बन्ध विच्छेदले फरक पार्दैन।
पछि कानुन संसोधन गर्दै स्थायी आवासीय भिसा प्रक्रिया पनि सहज बनाउँदै लगिएको छ। कोरियाली भाषा परीक्षा, आम्दानी, उमेरलगायतका विषयमा प्वाइन्ट दिने प्रक्रिया पनि सजिलो पार्दै लगिएको छ।
कोरियामा स्थायी आवासीय भिसा प्राप्त गर्नेले विभिन्न किसिमका सुविधा पाउँदै आएका छन्। काम, व्यवसायका क्षेत्रमा कोरियाली नागरिकसरह सुविधा प्राप्त गर्छन् भने स्थानीय चुनावमा भोट समेत हाल्न पाउँछन्। तर भोट हाल्नका लागि स्थायी आवासीय भिसा लिएको ३ वर्ष पुगेको हुनुपर्न् प्रावधान छ।
इमिग्रेसनले उपलब्ध गराएको फर्म, पासपोर्ट, फोटो, र पुरानो कार्ड उपलब्ध गराएर ३० हजार कोरियन वन बैंकमा डिपोजिट गरेपछि आवासीय भिसा नवीकरण गर्न सकिने बोनको अनुभव छ।
कोरियाले सबै प्रमाणपत्र पुगेको खण्डमा आवेदन दिएको १० दिनदेखि ३ हप्ताको बीचमा भिसा नवीकरण गराउँदै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस