एजेन्सी-अगरबत्ती पूजापाठमा अनिवार्य चाहिन्छ। यसलाई अध्यात्मको प्रतीक मानिन्छ भने यसले शान्ति र सुख दर्शाउँछ भन्ने विश्वाश छ ।
तर एक अध्ययनका अनुसार अगरबत्तीको धुवाँले स्वास्थ्यमा हानि पुर्याउने वैज्ञानिकहरुले बताएका छन्।
एक चीनिया अध्यायन अनुसार मानिसका लागि अगरबत्ती चुरोटको धुवाँभन्दा हानिकारक रहेको बताइएको छ ।
अगरबत्ती र चुरोटको तुलनात्मक अध्ययन गर्दा अगरबत्तीमा धेरै मात्रामा हानिकारक केमिकल्सको प्रयोग भएको र अगरबत्तीमा भएको केही केमिकल्स चुरोटमा समेत पाइने जनाइएको छ ।
‘स्प्रिन्जर्स जर्नल इन्भाइरनमेन्टल केमेस्ट्रिी लेटर्स’मा प्रकाशित लेख अनुसार नजिकै छेउछाउमा बाल्ने अगरबत्तीको प्रयोगले डिएनएमा परिवर्तन ल्याउन सक्छ। अध्ययनकर्ताले यसमा म्युटाजेनिक, जेनोटोक्सिक र साइटोक्सिक जस्ता टोक्सिन (विष) पाइन्छन् जसले क्यान्सर र फोक्सोका रोगहरु निमत्याउन सक्छन् भनेर पत्ता लगाएका छन्।
त्यसैगरी अध्ययनले अगरबत्तीको धुवाँ फोक्सोमा गई बस्दा यसले इन्फ्लामेटरी रियाक्सन पनि गराउनसक्ने बताएको छ। अगरबत्तीमका कणहरुमा ६४ प्रकारका तत्व हुने भएकाले यसले श्वासप्रश्वास नलीमा जलन गराउनसक्छ।
साथै अगरबत्तीले थप विभिन्न तत्वहरुले शरीरलाई हानी पुर्याउने अध्ययनले निष्कर्ष निकालेको छ। अध्ययनकर्ताहरुले अगरबत्तीको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस