काठमाडौं- चीनका विदेश मन्त्री वाङ यी स्वदेश फर्केलगत्तै दक्षिण भारतका एक जना मन्त्री नेपाल आएका छन्।
कुनै होहल्ला बिनै, तामझाम नगरी सुटुक्क भारतका ऊर्जामन्त्री राजकुमार सिंह काठमाडौं उत्रिएका छन्।
उनी ३ सदस्यीय टोलीको नेतृत्व गर्दै गएराती काठमाडौं आईपुगेका हुन्।
नेपालका समकक्षी उर्जामन्त्री वर्षमान पुन अनन्त यूएईमा रहेका बेला उनी काठमाडौं आईपुगेका हुन्।
पूर्व राष्ट्रपति डा रामवरण यादव सँगै उनी मंगलबार राती ९ बजे नेपाल आएका हुन्।
यादव केही समय अगाडी नयाँ दिल्ली पुगेका थिए।
चिनका राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणको पूर्व तयारीका रुपमा विदेश मन्त्री वाङको भ्रमण भएको चर्चा चलिरहदा भारतका उर्जा मन्त्री सिंहको नेपाल भ्रमण भएको हो ।
वाङले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटवार्ता गरेका थिए । वाङ हिजो दिउसो एक वजे स्वदेश फर्किएका थिए ।
तर, त्यसलगत्तै ८ घण्टा पछि नै भारतीय उर्जामन्त्री राजकुमार सिंह सुटुक्क नेपाल आएका हुन्।
उनले यहाँ रहदा उच्चस्तरको भेटघाट गर्ने बताईएको छ ।
मंगलवार नै नेपालका लागि भारतका पूर्व राजदुत रन्जित रे पनि दिउसो काठमाडौं आईपुगेका थिए । यस अगाडी विदेशमन्त्री एस जयसंकर पनि नेपाल आएर फर्केका थिए ।
भारत कास्मिरको विषयमा अहिले भारतले चालेको कदममा नेपालको समर्थनको खोजीमा छ।
यसकै लागि भारतले नेपालमा अनेक प्रतिनिधी पठाई डिल समेत गरिरहेको बुझिएको छ। यही विषयमा समर्थन तयार गर्न उनी नेपाल आएको हुन सक्ने आँकलन गरिएको छ।
यद्यपि, यो विषयमा नेपाल पक्षले केही बताइहालेको भने छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस