काठमाडौं-नेपाली गीत संगीतको क्षेत्र दिनै उर्बर बन्दै गएको छ । यस क्षेत्रका साधकहरुको अविरल साधनले पनि नेपाली सांगीतिक क्षेत्र मलिलो फाटिलो र उर्बर हुने गरेको हो । बिगत पन्ध्र वर्षादेखि यस्तै साधनामा तल्लिन छन् भक्तपुरका कपिल कसपाल ।
गीत गाउन भने पछि सानैदेखि हुरुक्क हुने कपिल भक्तपुरमा हुने बिभिन्ने सांगीतिक कार्यक्रममा नछुट्ने गायक हुन् । उनले बिभिन्न जिल्लाहरुमा पुगेर आफ्ना फेनहरुलाई मनोरन्जन दिएका छन् । पहिलो गीत ‘न जोखेर जोखिन्छ, न कतै पोखिन्छ’ २०६६ सालमा रेकर्ड गरेका थिए । त्यस यता दर्जनौ गीत लेख्दै, गाउदै र आफै संगीत भर्दै आएका उनि पछिल्लो समय आफ्ना गीतहरुलाई म्युजिक भिडियो बनाउनेतिर आकर्षित बन्दै गएका छन् । हालसम्म करिब आधा दर्जन गीतलाई भिडियो बनाइ सकेका छन् ।
कपिलका ‘मेरो माया तिमीलाई, तिम्रो माया अरुलाई, मौसम पनि रमाइलो छ, रसिलो ओठको रस पिउन मन लाग्यो’ जस्ता गीतहरु नेपाली सांगीतिक आकाशमा चर्चित छन् । विश्वमा प्रविधिले ल्याएको परिवर्तन र बहुल समाजको प्रकृतिलाई समेत ‘चिठी र तारको गयो जमाना, खुलम खुल्ला प्यारको हो यो जमाना’ भन्ने गीतमा ब्यक्त गरेका छन् ।
बिगत केहि बर्षदेखि ८७.९ मेगाहर्जको रेडियो मस्तीमा स्वास्थ्य सम्बन्धी टिप्स दिंदै आएका उनि असल मन नेपालका संस्थापक अध्यक्ष पनि हुन् । सबै गीतलाई म्युजिक भिडियो बनाउने र नयां बर्षमा एल्बम लिएर फ्यान सामु आउने योजना बनाइ रहेका छन् ।
‘हाम्रो शिवानी’, ‘जय होस’ लगायत केहि टेली शृंखलामा समेत अभिनय गरेका कपिल संगीत क्षेत्रमा लागेका नवप्रतिभाहरुलाई सहजै आफ्नो स्वर दिएर सहयोग गर्ने योजनामा छन् । उनि भन्छन ‘नेपाली सांगीतिक क्षेत्रमा भक्तपुरबाट बिशेष योगदान पुर्याउने अभियानमा छु ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस