काठमाडौं– नेपाली काङ्ग्रेसले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएसँगै सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा समेत सैद्धान्तिक विषयमा एकरुपता कायम गर्ने भएको छ ।
यही भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अवधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थाका केन्द्रीय समितिलाई अधिवेशन तयारी समितिमा रुपान्तरण गरी छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएको थियो । सो कार्यका लागि पार्टीका केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गरिएको छ ।
समितिलाई सबै भ्रातृ र शुभेच्छुक संस्थाका विधानको मापदण्ड तयार गरेर सैद्धान्तिक विषयमा एकरुपता कायम हुने गरी दुई हप्ताभित्र प्रतिवेदन तयार गर्न कार्यादेश दिइएको समिति सदस्य न्यौपानेले जानकारी दिए।
त्यस्तै नयाँ भ्रातृ र शुभेच्छुक संस्थाको रुपमा मान्यता पाउनका लागि पार्टी केन्द्रीय कार्यालयमा आएका निवेदनमाथि छानविन गरी राय पेश गर्ने अर्काे जिम्मेवारी समितिलाई प्रदान गरिएको छ । नेपाल विद्यार्थी सङ्घको विधान भने संरचनागत रुपमा केही फरक हुनेछ । विद्यालय तहदेखि नै साङ्गठिक संरचना हुने भएको नेविसङ्घ विधान अन्य भ्रातृ संस्थाको तुलनामा केही फरक हुने पार्टीका केन्द्रीय सदस्य न्यौपानेले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस