काठमाडौं-गत चैत १७ गते विनाशकारी टोर्नाडो आएर बारा पर्साका अधिकांश गाउँमा बितण्डा मचायो । बाराको फेटा गाउँपालिका वडा नं १, ३, ६ र ७ को भलुही, पुरैनिया र भरवलीयामा सबैभन्दा बढी धनजनको क्षति भयो यति मात्र होइन २ हजार भन्दा बढी नागरिक घरबारविहीन भए । यस्तो बिनाश आएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पीडितको उद्धार,राहत र घर बनाइदिने निर्णय गर्यो र यसको जिम्मा नेपाली सैनिकलाई दिने निर्णय पनि गर्यो ।
सरकारले दिएको जिम्मेवारी बहन गर्न नेपाली सेना कस्सियो भने अर्को तिर शहरी तथा भवन विभागले पास गरेको नक्शा अनुसार स्थान र मौसम सुहाउँदो सामानको छनौट गर्ने निर्णय गर्यो । छनौट प्रक्रियामा दक्षिण कोरियाली लगानीमा स्थापना गरिएको कम्पनि एसवाई प्यानल नेपालद्वारा उत्पादन गरिएको स्याण्डविच ईपीएस प्यानलले बनेको छाना,युपिभिसी झ्याल र स्टीलको ढोका,जगदम्बा ब्लक ,स्टील लगायत २० भन्दा बढी कम्पनिहरुले सामना आपूर्ति गर्ने जिम्मा पाए ।
पीडितको घर निर्माणका लागि आवश्यक पर्ने सामग्री मध्ये कोरियाली प्रविधिको छाना, युपिभिसी झ्याल र स्टीलको ढोकामा कुल बजेटको २९ प्रतिशत खर्च गरिएको थियो | यस हिसाबमा एसवाई प्यानल नेपाल सबै भन्दा ठुलो आपूर्तिकर्ता भएको जनाइएको छ |
नेपाली सेनाले ४ महिनाको अवधिमा ८ सय ६९ पीडितको घर बनाएर बुधबार हस्तान्तरण गरेको छ। सेनाले शहरी विकास मन्त्रालय कार्यक्रम ‘जनता आवास कार्यक्रम’ अन्तर्गत बारा जिल्लाका विभिन्न पाँच स्थानमा तीन सय चार र पर्साका सात स्थानमा पाँच सय ६५ घर बनाएर पीडित जनतालाई बुधबार हस्तान्तरण गरेको हो।
जनता आवास कार्यक्रम अन्तर्गत प्रतिघर पाँच लाख ४५ हजार ९ सय ८५ रुपैयाँमा निकासा भएको थियो। सेनाले ती घर चार लाख ८४ हजार ८८८ रुपैयाँमै सम्पन्न गरेको जनाएको छ। घर निर्माणमा बचेको ११.१९ प्रतिशत रकम सेनाले सरकारलाई नै फिर्ता गरेको छ।
सेनाले बनाएका घर कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका मन्त्रीहरू, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव रेश्मीराज पाण्डे तथा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउले संयुक्त रुपमा हस्तान्तरण गरे।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो ‘गौरबपूर्ण परम्परा’को निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्न गरेकोमा खुसी व्यक्त गरे। उनले नेपाली सेना र जनता आवास घर निर्माणमा खटिएका सबै सेनाका कर्मचारीलाई धन्यवाद दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस