झापा- वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किएपछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ। जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् ।
अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया बसे । विदेशमा बस्दा पनि भनेजस्तो कमाई नभएपछि अहिले उनले घरमै कुखुरा फार्म सञ्चालन गरेका छन् । योसँगै उनले उन्नतजातका बाख्रा पनि पालेका छन्। २० लाख लगानी गरी गत वर्षदेखि उनले कुखुरा र बाख्रापालन गर्दै आएका हुन् । उनको फार्ममा अहिले ९७० कुखुरा छन् । लेयरजातका कुखुरा पालेका खतिवडाले अहिले सोही व्यवसायबाट मनग्य आम्दानी छ । कुखुरासँगै उनले २० उन्नतजात (जमुनापारी, बोयर)का बाख्रा पालेका छन् ।
कुखुरापालन र बाख्रापालन व्यवसायबाटै खतिवडाले गाउँमा मनग्य आम्दानी गरेपछि अहिले सेतीपानीमा अधिकांशले उन्नतजातका बाख्रा र कुखुरा पाल्न शुरु गरेका छन् । श्रीमती भावनाको नाममा फार्म सञ्चालन गरी उनले व्यवसाय थालेका हुन् । विदेशको भन्दा राम्रो आम्दानी हुन थालेपछि खतिवडा परिवार अहिले फुरुङ्ग छ ।
“खतिवडा परिवारकै प्रगति देखेर मैले नि व्यवसाय शुरु गरेको छु”, छिमेकी खगेन्द्रप्रसाद खरेलले भने । उनले २२ माउ उन्नतजातका बाख्रा पालेका छन् । “पहिला बाख्रा पाल्न नजानेर रहेछ, गाउँघरका लोकल बाख्रा पालिन्थ्यो, जति हेरचाह गरे पनि खासै फाइदा हुँदैन थियो । अहिले उन्नतजातका थोरै बाख्रा पाले पनि मनग्य आम्दानी भएको छ”, उनले भने।
यस्तै बाह्रदशी गाउँपालिका-५ का दिनेश थापाले विदेशबाट फर्किएर अहिले पशुपालन गरिरहनु भएको छ । उहाँले उन्नतजातका १०० गाई र १०० स्थानीय जातका बाख्रा पाल्नुभएको छ । उहाँको पशु फार्म प्रदेश नं १ कै ठूलो मानिन्छ ।
उनी मात्र होइन, झापा गाउँपालिकाको शरणामतिका सूर्य भण्डारीले पनि अहिले कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । “दैनिक एक हजार अण्डा उत्पादन हुन्छ”, भण्डारीले भने। उनी पनि वैदेशिक रोगजारीको सिलसिलामा पाँच वर्षअघि साउदी अरब पुगेका थिए । “भेँडा चराउन लगाएपछि म एक महीनामै घर फर्के”, उनले भने। स्वेश फर्किए लगत्तै कुखुरापालन व्यवसाय सञ्चालन गरेका भण्डारीले अहिले मासिक रु एक लाख घरमै बसेर आम्दानी गरिरहेका छन् ।
कृषि र पशुपालनलाई व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ । सरकारले पशुपालक कृषकलाई अनुदान दिन थालेपछि अधिकांश युवा अहिले पशुपालनतर्फ आकर्षित भएका छन् ।
विदेशबाट फर्किएका युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गर्ने उनीहरु प्रतिनिधि पात्र मात्रै हुन्। धेरैले अहिले विदेशबाट फर्किएर पशुपालन व्यवसायमा थालेका छन्। रासस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस