काठमाडौं-नेपालमा भिसा सकिएर अबैधानिक बसेका १४ उत्तर कोरियाली नागरिकको भिसा थप्न लबिङ्ग गरिएको छ ।
उत्तर कोरियाली लगानीमा सञ्चालित दरवारमार्गस्थित राइजिङमलको माथिल्लो तलामा रहेको बोतोङगाङ्ग रेष्टुरेन्ट एण्ड बार प्रालिमा कार्यरत १४ जना उत्तर कोरियाली कामदारको भिसा अबधि थप गर्न उत्तर कोरियाली दूताबासले लबिङ गरेको हो ।
राष्ट्रसंघले गत साउनमा बाध्यकारी नाकाबन्दी कार्यान्वयन गर्न नेपाल सरकारलाई पत्राचार गरेसंगै उत्तर कोरियालीमाथि सरकारले कडाइ गरेर १४ जना उत्तर कोरियाली नागरिकको भिसाको म्याद थप गरेको थिएन ।
चिनियाँ लगानीकर्ताबाट उत्तर कोरियालीले खरिद गरेको बोतोङगाङ्ग रेष्टुरेन्टमा काम गर्ने १४ जना कामदारको गत जुन ६ मा नै भिसाको म्याद सकिएपनि अवैध रुपमा काम गरिरहेका हुन् ।
१४ जना मध्य डिपेन्डेन्ट भिसामा काम गरिरहेका ५ जना उत्तर कोरियालीले भिसाको म्याद थप भएपछि पर्यटन भिसा लिएका थिए । उनीहरुको पर्यटन भिसाको पनि अगष्ट १३ मा म्याद सकिएको छ ।
नेपालमा उत्तर कोरियालीलाई सहज बनाउन लबिङ गर्न नेपाली भाषामा समेत पोख्त उत्तर कोरियाली दूताबासका उपप्रमुख किम जोङ होक ले लबिङ गरेसंगै राष्ट्रसंघलाई झुक्याएर भिसा थप्ने पहल शुरु भएको हो ।
होकले उद्योगमन्त्री तथा गृहमन्त्री निकटस्थहरुसंग भेटी अगामी राष्ट्रसंघीय बैठकपछि उत्तर कोरियामाथीको नाकाबन्दी खुल्ने तथा दक्षिण कोरियासंगको सम्बन्ध सकारात्मकदिशातर्फ अघि बढिरहेकाले नेपाललाई दबाब नपर्ने भन्दै भिसाको म्याद थप्न आग्रह गरेका थिए ।
उनको लबिङपछि उद्योग विभाग हुँदै अध्यागमन फाइल पठाउने र सबै अबैध उत्तर कोरियालीलाई ब्यापारीक भिसा दिन लबिङ शुरु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस