पोखरा– पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा एपीएफ ‘ए’, पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ गलकोट क्लब र एपीएफ ‘बी’ प्रबेश गरेको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित आज (बुधबार) कर्पाकेली समाजको प्राङ्गणमा सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा बिभागिय टोली एपीएफ ‘ए’ ले पुन युनाईटेडलाई २६–२४ र २५– १८ को सोझो सेटले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गर्याे ।
दोस्रो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ ले छन्त्याल समाजलाई २५–१८ र २५–२० को सोझो सेटले हराउदै सेमिफाईनलमा एपीएफ ‘ए’ सँगको भेट पक्का गर्याे ।
त्यस्तै तेस्रो खेलमा गलकोट क्लब बाग्लुङले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रलाई २५–१६ र २५–१५ को सोझो सेटले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गर्याे । भने अन्तिम क्वाटरफाईनल खेलमा पोखरा एपीएफ टिम ‘बि’ ले भलिबल प्रशिक्षण केन्द्र ‘बी’ लाई २५–१५ र २५–१३ को सोझो सेटले पाखा लगाउदै अन्तिम चारका लागि गलकोटको निम्तो पायो ।
प्रतियोगिताका खेल संयोजक अनिल गुरुङका अनुसार शुक्रबार पहिलो सेमीफाईनल खेल एपीएफ ‘ए’ र पोखरा भलिबल प्रशिक्षण केन्द्र ‘ए’ बिच हुनेछ भने दोस्रो खेल गलकोट क्लब बाग्लुङ र एपीएफ ‘बी’ बिच प्रतिस्पर्धा हुनेछ ।
महिला तर्फ पहिलो चरणको खेलबाट लालीगुँरास पुन समाज टिम ‘बी’ लामाचौरले २५–८ र २५–११ को सोझो सेटले सेञ्चुरी क्लब छोम्रोङलाई पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गर्याे ।
अर्काे खेलमा कास्की मोडर्नाइजले लालीगुँरास पुन समाज टिम ‘बी’लाई को २०–२५, २५–२३ र २५–१७ को अङ्क नतिजा सहित पराजित गरेको खेल संयोजक गुरुङले जानकारी दिए ।
गुरुङले बिहिबार भेट्रान्स तथा महिला तर्फको दोस्रो चरणको खेलहरु सञ्चालन गरिने बताए । उनका अनुसार पुरुष, महिला तथा भेट्रान्स तर्फको फाईनल खेल २१ गते शनिबार सम्पन्न हुनेछ ।
गुरुङले प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।
त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने बताए ।
उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ ।
संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने समेत जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस