पोखरा– राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले लम्जुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुन डाँडाको खेल मैदान निर्माणमा पहल गर्ने बताएका छन् ।
मंगलबार योङ स्टार क्लबको २२ औं बार्षिकोत्सब तथा १० औं बाहुनडाँडा कप हरितालिका तीज मेलाको उद्घाटन गर्न पुगेका उनले फुटबल खेल मैदानको स्थलगत अवलोकन गर्दै यस्तो मैदान निर्माणमा समन्यवकारी भुमिका खेल्ने बताएका हुन ।
उनले सम्भव भएसम्म अन्तराष्ट्रिय मापडण्ड अनुसारको फुटबल मैदान निर्माण गर्नुपर्ने सुझाब दिदै आफ्नो तर्फबाट समेत पहलकदमी हुने बताए ।
सरकारको नीति एक गाउँपालिका एक खेल मैदान अनुरुप नै मापडण्ड पुरा हुने किसिमको खेल मैदान निर्माणमा भुमिका खेल्ने गुरुङले उल्लेख गरे ।
उनले नेपाली खेलकुदको क्षेत्रमा मस्र्याङ्दी गाउँपालिकाबाट उत्पादित खेलाडीहरुको महत्वपुर्ण भुमिका भएको बताउदै खेलकुदको पुर्वाधार निर्माणमा आफ्नो ध्यानार्कण भएको बताए ।
उनले भौगलिक दृष्टिकोणले उचित नभएको टिप्पणी गर्दे प्राबिधिक पक्षबाट मिलेको खण्डमा खेल मैदान स्थानान्तरण गर्नका लागि स्थानियलाई सुझाब दिए ।
उनले स्थानियको फुटबल प्रतिको मोह र हरेक बर्ष लाग्ने मेलाको मुख्य आकर्षण भलिबल भएको बताउदै भने, ‘म राष्ट्रिय खेलकुद परिषदको सदस्य भएको हैसियतले यो ग्राउण्ड निर्माणको लागि सक्दो सहयोग गर्नेछु ।’
राखेप सदस्य गुरुङले फरक प्रसंगमा क्लबको २२ औं बार्षिकोत्सब तथा १० औं बाहुनडाँडा कप हरितालिका तीज मेलाको उद्घाटन गर्दै बाहुनडाँडाको खेलकुद बिकासमा बिशेष योगदान रहेको बताए । उनले उक्त क्षेबाट बक्सिङ तथा फुटबल लगायतका खेल बिकासमा टेवा पु¥याउदै आएको उल्लेख गरे । स्थानिय योङ स्टार क्लबले हरितालिका तीजको अवसरमा आयोजना गरेको फुटबल प्रतियोगिताका लािग खेलकुद सामाग्री खरिद गर्न एम.ए कन्सट्रक्सन प्रालिका ईन्जिनियर दीपक बराल र गुरुङले संयुक्त रुपमा ५० हजार सहयोग समेत गरेका थिए ।
आगामी २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष पबित्र गुरुङले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार र उपबिजेता टिमलाई नगद रु ३० हजार प्रदान गरिनेछ ।
आज (बुधबार) देखि सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु हुने आयोजकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस