काठमाडौं-जापानी भाषा र सीप परीक्षणमा उत्तीर्ण हुनेले जापान जान योग्य हुने भएका छन् । यहि असोज १० देखि १२, कात्तिक २१ देखि २३ र २६ देखि २८ सम्म हुने भनिएको जापानिज भाषा र सीप मूल्यांकन परीक्षा स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभर परीक्षा पास हुनेले जापान जान पाउने भएका छन् ।
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सूचनाअनुसार नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टमा ४५ वटा प्रश्न आउने छन् जसमा ४० वटा लिखित र ५ वटा व्यवहारिक प्रश्नहरु हुनेछन् । ‘नर्सिङ केयर जापनिज भाषा इभ्यालुयसन टेष्ट’मा १५ वटा प्रश्नहरू आउने छन् । परीक्षार्थीले नर्सिङ केयर स्किल इभ्यालुएसन टेष्ट र नर्सिङ केयर जापानिज भाषा इभ्यालुएसन टेष्ट’ दुवैको लागि १/१ हजार जापानी येन शुल्क तोकेको छ ।
जापान सरकारले नर्सिङ केयर गिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता तोकेको नभए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेष्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेष्ट’मा पास भएको हुनु पर्ने जनाएको छ।
जापानी भाषा परिक्षकले आवेदन अनलाइनमार्फत दिन सक्ने र पहिलो आवेदन दिनेलाई प्राथमिकता राख्ने जनाएको छ।
परीक्षामा आवेदनकर्ताले अनलाइन आवेदन दिनुअघि काठमाडौंस्थित जापनिज दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य टोकन लिनुपर्ने जनाएको छ।
परीक्षाको मिति तय भइसकेपनि आवेदन निवेदन कहाँ, कहिले दिने मिति अबको केही समयमै तयगरि जानकारी दिने वैदेशिक रोजगार महाशाखाले जनाएको छ । कम्प्युटर बेस्ड टेस्टिङ (CBT) मेथडबाट लिइने परीक्षाको परिक्षाफल भने एक महिनापछि प्रकाशित हुनेछ ।
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग २०७५ चैत ११ गते जापानसँग भएको श्रम सम्झौता भए अनुसार नेपालबाट पहिलो पटक केयर गिभर लैजान लागिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस