सोल-सन् २०१७ को फेब्रुअरी महीनामा दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि –आईसीटी) उत्पादनको निर्यात दोहोरो अङ्कले बढेको एक सरकारी प्रतिवेदनले देखाएको छ ।
सो अवधिमा स्थानीय रूपमा उत्पादित सेमिकण्डक्टरको मागमा भएको वृद्धिले निर्यात बढाउन सहयोग गरेको उद्योग, व्यापार तथा ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
गत महीना आईसीटी निर्यात गतवर्षको तुलनामा २२ दशमलव ८ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलरमा उक्लिएको छ । निर्यातले १४ अर्ब डलर नाघेको यो नै पहिलोपटक हो ।
चिपको निर्यातमा भएको ५६ दशमलव ६ प्रतिशतको वृद्घिले सेमिकण्डक्टरको निर्यातलाई बढाएको हो ।
यसैगरी डिस्प्ले प्यानल निर्यात पनि १५ दशमलव ५ प्रतिशतले बढेको छ भने ह्याण्डसेटको निर्यात २५ दशमलव ९ प्रतिशतले विस्तार भएको मन्त्रालयले बताएको छ ।
गत महीना चीन र यूरोपेली सङ्घमा भएको कोरियाली निर्यात क्रमशः ३४ दशमलव १ प्रतिशत र ३७ दशमलव ९ प्रतिशतले बढेको थियो भने अमेरिकामा निर्यातले १७ प्रतिशतको कमी बेहोरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस