नेपाली महिलाको तीज पर्व सोमबार सकियो | तीज पर्वका बेला श्रीमानको दिर्घायुको कामना गर्दै महिलाहरु दिनभर ब्रत बस्ने गर्दछन | महिलाहरु तीज बाहेक अन्य पर्वमा पनि आस्था अनुसार ब्रत बस्ने गर्छन | पूर्वीय समाजमा ब्रतको आफ्नै महत्व हुन्छा | ब्रत धार्मिक हिसाबले मात्र नभई बैज्ञानिक हिसाबले समेत बहुगुणी देखिएको छ | यहाँ ब्रतको फाइदा बारे बुँदागत चर्चा गरिएको छ |
१-हप्तामा एक दिन ब्रत अथवा खाली पेट बस्दा शरीरको आन्तरिक शुद्धिकरण हुन्छ । शरीरमा रहेका विषाक्त तत्वहरु बाहिर निस्कन्छ । यसका लागि हामीले थोरै शारीरिक श्रम गर्नुपर्ने दिन रोज्न सक्छौँ ।
२- एक दिन खाली पेट बसेमा हामी धेरै प्रकारका रोगहरुबाट टाढा रहन्छौँ । दैनिक जीवनमा हामी कुनै न कुनै किसिमको पेट सम्बन्धि रोगबाट ग्रस्त हुन्छौँ । धेरै मानिसहरु अपच, पखाला जलन आदि समस्याबाट ग्रस्त हुन्छन् । खाने बेलामा के, कती खाने भन्नेमा हामीले ध्यान दिँदैनौ । धेरै खानेकुरा खाएमा पखला लाग्छ । खाना नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ । हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।
३-हप्तामा एक दिन खाली पेट बस्दा कतिपय दीर्घ रोगमा पनि लाभ मिल्छ । यसले विषेश गरी उच्च रक्तचाप नियन्त्रणमा सघाउछ । यसका साथै शरीरमा रहेको कोलेस्ट्रोलको स्तर पनि घट्छ ।
४-एक दिन खाली पेट बस्दा मुटुको सम्बन्धि समस्यामा पनि लाभ पुग्छ । हृदय रोगको जड भनेकै कोलेस्ट्रोल हो । यसरी खाली पेट बस्दा कोलेस्ट्रोलको स्तर घट्ने हँदा हृदय रोगपनि केही मात्रामा घट्दै जान्छ ।
५-व्रत बस्नाले पाचनतन्त्र दुरुस्त हुनुको साथै शरीरमा रहेको विषाक्त पदार्थ सजिलै शरीरबाट बाहिर निस्कन्छ ।
६-जुन मुटुको धमनीका लागि फाइदाजनक हो । नियमित उपवास ९व्रत० गर्नाले शरीरको तौल पनि कम हुन्छ । जब हामी व्रत बस्छौँ त्यस बेला कयौं घन्टासम्म केही खाँदैनौ, जसले शरीरमा बोसोयुक्त कोषहरू पग्लन थाल्छ र तौल कम हुन थाल्छ ।
७-व्रतले शरीरमा रोग प्रतिरोधात्मक शक्ति वृद्वि हुन्छ । शरीरको सबै भागमा उर्जा प्रवाह हुन थाल्छ । मनमा शान्ति र दिमाग तेज हुन थाल्छ । व्रत बस्नाले शरीर हलुका भएको तत्काल महसुस हुन्छ ।
कस्ताले ब्रत बस्नु हुदैन ?
-मधुमेह तथा उच्च रक्तचाप /हाइपरटेण्सन भएका व्यक्तिले
-भर्खर अपरेशन गरेकाहरुले
-रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा
– मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पिडितहरु
-विषेशगरी गर्भवतीले व्रत बस्नु हुँदैन । किनकी यस्तो अवस्थामा व्रत बस्दा गर्भमा रहेको शिशुको स्वास्थ्यमाथि असर पर्न सक्छ ।
– शारीरिक रुपले कम्जोर र गम्भीर रोग लागेका व्यक्ति व्रत बस्नु हुँदैन ।
-यस्तै स्तनपान गराइरहेका महिलाले पनि व्रत बस्नु हुँदैन । साथै व्रत बसेको दिन धेरै परिश्रम गर्नु हुँदैन । यदि व्रत बसेको बेला रिंगाटा लाग्ने गर्छ भने एक गिलास ग्लुकोज वा चीनी पानी पिउनु राम्रो हुन्छ । किनकी शरीरमा ग्लुकोजको मात्रा कम हुँदा यस्तो हुन्छ ।
नोट – व्रत तोड्ने पनि तरिका हुन्छ । व्रत तोड्नका लागि एक गिलास ताजा फलफूलको जुस पिउने । त्यसपछि उमालेको तरकारी र रोटी खानु उचित मानिन्छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस