झापा- १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा दुई सरकारी कर्मचारीसहित ५ जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका-८ का वडासचिव लोकराज बराल, भद्रपुरका टेकबहादुर गुरुङ, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू छन् ।
ती सबैलाई जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
गैरकानुनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानविन सुरु गरेको थियो।
निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायबसुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन्। उनीहरुले ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ।
गैरनेपालीलाई नागरिकता दिन सिफारिस गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि समेत छानबिनमा तानिएका छन्। प्रशासन स्रोतका अनुसार विसं २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ। १६ गैरनेपालीलाई नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ।
त्यसपछि अधिकृत ढुंगेलले नागरिकता जारी गरेको बताइ
यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा ९ जनाको बाबु एउटै कायम गरिएको छ। गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई जिम्मेवारी दिएको बताइएको छ ।
गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत् नक्कली जन्मस्थान कायम गराएको पनि पाइएको छ । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नागरिकता दिइएको पाइएको हो। टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ छन्। उनीहरु सबैको ठेगाना झापा कायम गरिएको छ।
यसैगरी, गैरकानुनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत छन्। गृह स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय झापाले गैरकानूनी रूपमा २०७६ जेठ १२ मा तीनलाई, जेठ २० मा एकलाई र जेठ २१ तीन जनालाई नागरिकता वितरण गरेको छ। यसैगरी, २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको छ ।
यसअघि २०७३ माघ १० गते तीन जनालाई गैरकानुनी रूपमा नागरिकता दिइएको स्रोतले जानकारी दिएको छ।
विसं २०७३ मा गैरकानुनी रूपमा नागरिकता वितरण गर्ने तत्कालीन प्रशासकीय अधिकृत चूडाराज भट्टराईमाथि समेत छानविन थालिएको छ। तत्कालीन शरणामती गाविसका सञ्चालक समितिका अध्यक्ष भवकृष्ण न्यौपाने पनि छानविनको घेरामा परेको जिल्ला प्रशासन कार्यालय, झापाले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस