वि.सं.२०७६ साल भाद्र १६ गते । सोमबार । ईश्वी सन् २०१९ सेप्टेम्बर ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि तृतीया,०८ घडी ३० पला,बिहान ०९ बजेर ०७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र हस्त,१९ घडी ५० पला,दिउसो ०१ बजेर ३९ मिनेट उप्रान्त चित्रा । योग शुभ,१३ घडी ५५ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त शुक्ल । करण गर,बिहान ०९ बजेर ०७ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ०० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा वज्र योग । चन्द्रराशि कन्या,रातको १२ बजेर ५७ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २२ मिनेट । दिनमान ३१ घडी ३८ पला । हरितालिका तीज,गणेश चतुर्थी ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामाजिक नेतृत्व हात लागी हुने ग्रहयोग रहेकोछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । प्रयन्न गर्दा लामो समय देखि रोकिएर बसेका कामहरु सुचारु हुनेछन् । आफन्त तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बौद्धिकताको बहसमा तपाईँको तर्क कमजोर ठहरिनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिदा दिदै नतिजा कम आउनाले मन खिन्न हुनेछ । आफन्त तथा सन्तान पक्षको आशिंक सहयोग प्राप्त हुनेछ । शेयर बजार तथा अन्त आर्थिक कारोबारको शुचाङक मन्द गतिमा बढ्नेछ । उपाहार प्राप्त भएपनि टरेर जानेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
घरजग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुँनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ । साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । आर्थिक गतिबिधिहरु दोहोरो अंकमा बृद्धि हुनाले दैनिकी सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काम गर्दिन्छु भनेर आषा देखाउनेहरुले धोका दिनेछन् । आफुले बोलेका कुराहरु पुर्याउन नसक्दा आलोचना गनेहरु सक्रिय हुनेछन् । व्यापारमा लगानि गर्नको लागी केहि समय पर्खनुहोला समय मध्ययम रहेकोछ । आर्थिक अभावले चाहेका वस्तु खरिद गर्न सकिनेछैन । प्रेममा मनमुटाब तथा अबिश्वास सिर्जना नहोला भन्न सकिन्न ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पति तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउँन सकिनेछ । राजनितिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यावसायमा अरुकै करकापमा लगानी बढाउँदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । तरपनि लामो दुरिको यात्रा गर्न चाहनेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कृषि,पशुपालन,तरल पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । प्राकृतिक तथा खनिज पदार्थको स्रोत तथा साधनको प्रयोगबाट भने जस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । आत्मिय मित्रहरु सँग भेटघाट हुँने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनाले मन प्रशन्न रहनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सानो लगानि गर्दापनि समयले साथ दिने हुनाले लगानी फस्टाई मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुने गतिलो योग रहकोछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुले मान सम्मान पाउनेछन् । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य सम्बन्धि समस्या आउने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेभएपनि बाटोमा दुख हुन सक्छ । खोजीमुलक क्षेत्रमा रुचि भएपनि समय दिन नसकिने हुनाले नतिजा अरुतिरै जानेछ । प्रणय सम्बन्धमा मनमुटाव बढ्ने हुनाले आजको दिन सँगै नभए राम्रो हुनेछ । तपाईको सानो गल्ति तथा साना साना टिप्पणीको आलोचना हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्र्नु पर्ने हुनसक्छ । व्यापारमा मन्दि आएसँग आर्थिक स्थिति सहजीकरण गर्न गाह्रो हुनेछ । तरपनि लामो दुरिको यात्रा गर्न चाहनेहरुका लागि यात्राको सम्भावना प्रवल रहेकोछ । नसोचेको धन सम्पति प्राप्त हुने योगलाई नकार्न सकिदैन । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सुयोग्य बर तथा कन्याको लगन गाठो कस्ने सम्बन्धि छलफल हुन सक्छ भने मित्रताको बन्धन कसिलो हुँनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुँनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस