भक्तपुर- भक्तपुरको मध्यपुरठिमी नगरपालिका- १ लोकन्थलीमा पहिरो जाँदा ६ घर जोखिममा परेका छन्।
गएराति गएको पहिरोले सडक भासिएकाले ती घर उच्च जोखिममा परेका हुन्।
मध्यपुरथिमि- १, २ र ३ मा खानेपानी वितरणका लागि ट्याङ्की निर्माण गर्न खनिएको खाडलको कारण पहिरो गएको हो।
३ भदौमा त्यहाँ पहिरो गएको थियो। त्यो पहिरो रोकथामको प्रयास भइरहँदा गएराति पुनः अर्को पहिरो गएको हो। पहिरोले करीब ४० मिटर कालोपत्र सडक बगाएको छ।
पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घर उच्च जोखिममा परेको छ।
पहिरो दुई वटा घरको जगसम्म पुगेको छ। ती घरका मानिसलाई अन्यत्र साएिको छ।
भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी बताए।
पहिला गएको पहिरो रोकथामको प्रयास भइरहँदा आज पुनः अर्को पहिरो गएको खड्काले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस