सोल- दक्षिण कोरियाको राजधानी सोलमा ६५ बर्ष पुगेका बृद्धहरुलाई एक डिस्कोले नयाँ जीवन दिएको स्थानीय समाचारहरुले जनाएका छन ।
पूर्वी सोलको गल्लीमा रहेको यस डिस्कोमा ६५ बर्षको उमेर पार गरेका बृद्धहरुलाई भेला गराएर नाच्ने, रमाईलो गर्ने र एक अर्कासंग कुरा गराउने गरेको छ |
पहिलो पटक यस्तो कार्यक्रम स्थानीय सरकारले आयोजना गरेको हो। यस कार्यक्रमको मुख्य लक्ष्य वृद्धहरुको एक्लोपन हटाउने हो।
त्यसैगरि यस कार्यक्रमले मस्तिस्कलाई कमजोर पार्ने रोगको पनि समाधान हुने देखिएको समाचारमा जनाइएको छ
‘मेरो ढाड र खुट्टाहरू खराब छन् तर जब संगीत आउँछ, मेरो शरीर संगीतमै डुब्छ र मेरो सबै पीडाहरु गायब हुन्छन्। म यस पछि दुई वा तीन दिनको लागि ऊर्जाले भरिएको हुन्छु।’ एक बृद्धले भनेका छन् |
‘झूट छैन! मैले मेरा औषधी र सप्लीमेन्टहरूलाई पनि छोडिसकेको छु।’ अर्का बृद्धले हास्दै भने।
दक्षिण कोरियासँग विश्वको सबैभन्दा धेरै वृद्ध जनसंख्या रहेको मानिन्छ। २०१६ को जनगणना अनुसार देशको करीव १४ प्रतिशत अर्थात ६८ लाख ६५ बर्ष भन्दा बढी उमेरका नागरिकहरू रहेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस