पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ्को नेतृत्वमा कुम्मायक गाउँपालिकाको खडेरी प्रभावित विभिन्न साबिक वडाहरुमा भाद्र १२ र १३ गते अनुगमन गरिएको छ ।
गाउँपालिकाको अधिकाङ्स सुख्खा क्षेत्र १ , २ , ३ , ४ ,र ५ का साबिक वडाहरु खाल्डे , सिम्ले , भुल्के , बिजुवापानी , थर्पु ,सङमासे , फेनाबुङ तेम्बेहिम , लोरिप्पा , हात्तिपोखरी , ताम्राखु ,सेपेनी , मेदिबुङ , देवल आसपास , तिल्के , तिङ्देन , ठाढे रानिगाउँको हाङमा वा:रक आसपास र माङ्जाबुङ्को साबिक वडा ७/८ धुप्पिङ गैरिगाउँमा अनुगमन गरिएको छ । टोलिले ८५ प्रतिशत मक्कै खेतिको उत्पादनमा गिरावट आएको अनुमान गरेको छ ।
समयमै पानी नपरेकोले यस गाउँपालिकामा मकै खेती प्रभावित भएको र फौजी नामक किरा र गभारा लागेपछी मक्कै खेती मात्र नभई अन्य बाली जस्तै कालो दाल जुनेलो बदाम तथा हिउदे बालिमा समेत यो किराको प्रकोप फैलिएको कुरा पशु स्वास्थ शाखा कार्यलय यासोकका प्राबिधिक इमकुमारी तामाङ्ले बताउनु भएको छ ।
अनुगमनमा वडा अध्यक्षहरु देबेन्द्र लावती , यामबहादुर बोहरा , राम गजुरेल पालिका सदस्य यामकुमारी खड्का , पब्लिक टाइम्सका सम्पादक तथा पत्रकार गणेश साम्पाङ राइ , स्थानीय पत्रकार रमेश थापा र पदम दु:खि सम्बाहाम्फे लगायतको टोलि रहेको थियो । उक्त टोलिले कति घरधुरी प्रभावित छन भन्ने कुरा यकिन तथ्यांक आई नसकेको कुरा जनाएको छ ।
सालमा १० देखि १५ मुरी मकै उत्पादन हुने जग्गामा यस बर्ष बैशाख र जेठ महिनामा लामो समयसम्म खडेरी लागे पछि कुनैकुनै ठाउँमा कृषकहरुले मकै छर्न समेत पाएका छैनन् भने कुनै ठाउँमा छरिएको मक्कै उमृने क्रममा घामको तापले बिरुवा नै मरेकोले बीउ समेत मासिएको कृषकहरुको दुखेसो छ ।
कृषि ज्ञानकेन्द्र बाट बितरित मकैको बीउमा पनि फौजी किरा र गभारा किरा लागेर बीउ उम्रने क्रममा कुम्मायक गाउपालिकाको अधिकाङ्स क्षेत्रमा यश बर्ष मक्कै उत्पादन शुन्य रहेकोे छ ।
आज भन्दा १३ बर्ष अगाडि यस गाउँपालिकाका मानिसको जनजीवन धान , मकै , कोदो खेतीबाट नै आत्मनिर्भर थियो । बर्सेनि खडेरीले यहाँको जनजीवन प्रभावित हुँदै गएपछी यो गाउँपालिकामा बसोबास गरिरहेका सयौ मानिसहरु बिस्तापित हुन बिबस छन्। धान खेती शुन्य भए पनि झापाबाट निर्यात हुने चामलले क्षेत्रका साझबिहानको छाकहरु जेन्तेन टरिरहेको थियो तर यस बर्ष भने मकै खेति समेत पनि उत्पादनमा शुन्य हात लागेपछि अब के गरेर बाच्ने भन्ने यहाँका जनजीवनको प्रश्नको जबाफ अनुत्तरित छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस