काठमाडौं- बस्नका लागि सबैभन्दा सुरक्षित सहरको सूचीमा दक्षिण कोरियाको राजधानी सोल आठौं नम्बरमा परेको छ। बेलायती आर्थिक म्याग्जिन द इकोनोमिस्टको इन्टेलिजेन्स युनिटले बसोबासका लागि सबैभन्दा सुरक्षित स्थानको सूचीमा सोल आठौमा परेको हो।
युनिटले तयार पारी गत बिहीबार सार्वजनिक भएको ‘द सेफ सिटिज इन्डेक्स २०१९’ ले ६० सहरको अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनले आठौं नम्बरमा सोललाई समावेश गरेको हो।
युनिटले सहरी पूर्वाधार, डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षालगायतका विभिन्न ५७ सूचकका आधारमा ६० सहरको अध्ययन गरेको थियो।
यो सूचीको शीर्ष स्थानमा भने जापानको राजधानी टोकियो परेको छ। टोकियो विगत ३ वर्षयता तगातार सो सूचीको शीर्ष स्थानमा रहँदै आएको छ।
सिंगापुर विश्वकै दोस्रो सहरमा परेको छ भने जापानकै अर्को शहर ओसाका तेस्रो सुरक्षित सहर बनेको छ।
यसैगरी, सो सूचीको चौथो नम्बरमा नेदरल्यान्डको आम्सटर्डम परेको छ। पाँचौं स्थानमा रहेको अस्ट्रेलियाको सिड्नीलाई क्यानडाको टोरोन्टोले पछ्याएको छ। विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकाको राजधानी वासिंटन डिसी भने सातौं नम्बरमा मात्र परेको छ। आठौंमा सोल, नवौंमा डेनमार्कको कोपनहेगन र दशौं स्थानमा अस्ट्रेलियाकै मेलबर्न परेका छन्।
स्वास्थ्य सूचकका आधारमा मात्र हेर्न हो भने चाँहि सोल तेस्रो नम्बरमा परेको छ। यसअघि ओसाका र टोकियो यो सूचीका शीर्ष स्थानमा परेका छन्।
‘स्वास्थ्य सेवामा पहुँच र गुणस्तर, स्वस्थ खाना, सफा पानी र स्वच्छ हावा तथा आपत्कालीन उद्धार तथा राहत प्रदान गर्न सक्ने क्षमताका आधारमा यी सहर उत्कृष्ट भएका हुन्,’ रिपोर्टमा भनिएको छ, ‘कतिपय उपसूचकमा त यी सहरले पूर्ण अंक प्राप्त गरेका छन्।’ सुरक्षित सहर मापन गर्ने सूचक स्वास्थ्य सेवाका यी उपसूचक हुन्।
सन् २०१७ मा नवौं स्थानमा रहेको हङकङ भने यस वर्ष २०औं स्थानमा झरेको छ। विगत लामो समयदेखिको राजनीतिक प्रदर्शनले हङकङको स्कोरमा व्यापक गिरावट आएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस