सोल – एलजिबिटी महोत्सवको पूर्वसन्ध्यामा कोरियाली समुद्री किनार सहर इन्छनको स्थिति तनावपूर्ण बनेको छ।
एलजिबिटी फेस्टिभलका विरोधीको प्रदर्शन हुन सक्ने भएकाले त्यहाँको स्थिति तनावपूर्ण बन्दै गएको कोरियाली समाचार संस्था योन्हापले उल्लेख गरेको छ।
आइतबारदेखि इन्च्योनमा क्विर कल्चर फेस्टिभल अर्थात् एलजिबिटी फेस्टिभल हुन लागेको छ। वार्षिक रुपमा हुने यो फेस्टिभलमा शनिबार मानवअधिकारवादी संस्था र दूतावासले बुथ संचालन गर्ने तयारी गरेको आयोजकले जानकारी दिएको छ। फेस्टिभलमा १७ सय मिटर लामो परेड पनि खेलाइनेछ। तर त्यसको २ दिन अगावै इन्च्योनको स्थिति तनावपूर्ण बन्न लागेको बताइएको छ।
धार्मिक र परम्परावादी समूहले एलजिबिटी ग्रुप तथा समूदायलाई लक्षित गरी र्याहली निकाल्ने भएकाले तनावपूर्ण बन्ने गरेको छ। गत वर्ष पनि त्यहाँ दुई पक्षबीच तनावको अवस्था सिर्जना भएको थियो। एलजिबिटीमा सहभागी भएका मानिसभन्दा करिब ३ गुणा बढी मानिस भेला भएर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।
आयोजकले आफूहरुको महोत्सव अघि हुने गरेका विरोधप्रति ध्यानकर्षण भएको बताउँदै महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सहयोगको अपिल गरेको छ।
‘एलजिबिटीलाई घृणा गर्ने मानिसका क्रियाकलापविरुद्ध लड्न हामीले मानवअधिकारकर्मी र कानुनविद्को समूह बनाएका छौं,’ अगस्ट १९ मा आयोजकले गरेको एक ट्विटमा उल्लेख छ, ‘अगस्ट ३१ मा हुन लागेको महोत्सवले लैंगिक अल्पसंख्यक र जनताले मानव अधिकारका साथै सामाजिक अल्पसंख्यकले भोग्नुपर्ने बाध्यताविरुद्ध आवाज उठाउन सहयोग गर्नेछ।’
लैंगिक अल्पसंख्य लेस्बियन, गे, बाइसेक्सुअल र ट्रान्सजेन्डरलाई छोटकरीमा एलजिबिटी भनिन्छ। यी समूदायका मानिसले आफूहरूविद्ध विभेद हुने गरेको भन्दै आवाज उठाउँदै आएका छन्।
कोरियाली कानुन अनुसार समान लैंगिक पहिचान भएका मानिसले यौन क्रियाकलाप गर्न बन्देज नभए पनि विवाह गर्न भने निषेध छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस