एजेन्सी- अमेरिकी जासुसी सेनाको टोलीले बिहीबार दक्षिण कोरियाको राजधानी सोल र वरपरका क्षेत्रहरूमा उडान गरेको गरेको छ। दक्षिण कोरियाली उड्डयन ट्र्याकरले दक्षिण कोरियाली आकाशमा अमेरिकी सेनाको विमानले उडान गरेको पुष्टि गरेको छ। उत्तर कोरियाका गतिविधि अध्ययन गर्न र सूचना संकलन गर्न अमेरिकाले निरीक्षण गरेको हुन सक्ने आँकलन गरिएको छ।
अमेरिकी सेनाको सो टोलीले आरसी-१३५ भी विमानबाट आफ्नो देशको राजधानी र ग्येनोग्गी प्रान्तको निरीक्षण गरेको दक्षिण कोरियाको उड्डयन निकाय एयरक्राफ्ट स्पटस्ले ट्वीटरमा उल्लेख गरेको छ। उत्तर कोरियाले मिसाइल र रकेट प्रक्षेपण परीक्षण गरिरहेको अवस्थामा उसका गतिविधि जारी राख्न सक्ने चिन्ता भइरहेका बेला अमेरिकाले राजधानीको आकाशमा निरीक्षण गरेको हुन सक्ने बताइएको छ।
सोल र वाशिंगटनबीचको संयुक्त सैन्य अभ्यास गर्ने निर्णय गरेलगत्तै उत्तर कोरियाले मिसाइल परीक्षणलाई तीव्रता दिएको थियो।
यही महिना मात्र उत्तर कोरियाले ५ पटक शक्तिशाली हतियार परीक्षण गरिसकेको छ। गत शनिबार मात्र पनि उसले एक मिसाइलको परीक्षण गरेको थियो।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिसाइल परीक्षण नगर्ने बताएपनि उत्तर कोरियाले मिसाइल परीक्षण रोकेको छैन। गत साता मात्र प्योङयाङ र वाशिंटनबीच कुराकानी भएको बताइएको छ। पछिल्लो समय अमेरिकाले उत्तर कोरिया वरपरका क्षेत्रमा निगरानी बढाउन थालेको छ।
दक्षिण कोरियाली सेनाले भने यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन। उसले वर्तमान अवस्थाको अध्ययन भइरहेको मात्र बताएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस