पोखरा – हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको “वाईवाई तीजमेला–२०७६” मा ५२ समुहको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन १० समुहले आफ्नौ मौलिकतामा प्रस्तुती दिएको पुस्पान्जली फेसन एन्ड इभेन्टकी संयोजक शोभा गौतमले जानकारी दिईन् ।
बुधबारबाट सुरु भएको मेलामा पाँच बजे सम्मका लागि भने पनि सहभागिको माग र आर्कषणले गर्दा बेलुकी साढे सात बजे सम्म संचलन हुने पनि संयोजक गौतमले जानकारी दिईन् । तिज गित बाहेकका अरु प्रतियोगिताहरु पर्सीवाट सुरु हुने छन् ।
मेलामा महिला म्यूजिकल चियर प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता समेत मेलामा राखिएको छ । मेलाभित्र महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायिक स्टलहरु र मनोरञ्जनको निम्ति बाल उद्यानको समेत व्यवस्था गरिएको छ भने मेलालाई थप मनोरञ्जन प्रदान गर्न राष्ट्रिय स्तरका कलाकारहरुको पनि विशेष प्रस्तुती रहेको छ । मेलामा आज सर्मिला गुरुङ्गको प्रस्तुती रहेने संयोजक गौतमले जानकारी दिईन् ।
यसका अलावा मेलामा हेल्दी होम खुल्ला मौलिक तीजगीत प्रतियोगिता हुने र प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार एक सय एक , द्वितीयले २० हजार एक सय एक , तृतीयले १० हजार एक सय एक , सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाउनेछन् ।
यसै गरि प्रभु बैंक गृहणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १० हजार १ सय १, द्वितीयले ७ हजार १ सय १, तृतीयले ५ हजार १ सय १ र सान्त्वना हुनेले नगद २÷२ हजार पुरस्कार पाउनेछन । मेलामा पोखरा पिजा टपरि गास्ने प्रतियोगिता समेत हुने भएको छ ।
त्यसै गरि हराउदै गएको छेलो खेल संरक्षण गर्ने उदेश्य सहित मेलामा गण्डकी प्रदेश स्तरिय सल्युट गोर्खा छेलो प्रतियोगिता समेत हुने भएको छ । मेला अन्र्तगत १४ भदौमा हुने प्रतियोगिताको विजेताले ११ हजार एक सय एक, उपविजेताले ६ हजार एक सय एक र तेस्रोहुनेले नगद ३ हजार एक सय एक रुपैया पुरस्कार पाउनेछन ।
मेलाको मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ , प्रायोजकमा सर्बोतम सिमेन्ट , सिक्नेचर र हरपल चामल , अफिसियल बैकीङ पार्टनरमा प्रभु बैंक , सह–प्रायोजकमा नेपाल टेलिकम , नेपाल आइस बियर र कुन्दन तेल , उप–प्रायोजकमा बिग मास्टर वाइन , सिद्धार्थ इन्स्योरेन्स र पिसा आटा , प्रबर्द्धकमा आकृती एड्भटाइजिङ , पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड , सहयोगीहरुमा नारायणी स्टिल, हेल्दी होम , द बर्गर हाउस , अन्नपूर्ण केवलकार , रियो जुस , कमल सुनचादी , एनबिजेके सप्लायर्स , कल्चर रिसोर्ट , होटल बाराही , सल्युट गोर्खा ट्रेनीङ सेन्टर , कुइक्स चिजवल्स र पोखरा पिजा हाउस रहेको संयोजक शोभा गौतमले जानकारी दिइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस