सोल – घुस काण्डमा सामसङ इलेक्ट्रोनिकसका उपाध्यक्ष लि जे योंगलाई शुक्रबार पक्राउ गरिएको छ । उनीमाथि दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्यून हेईलाई ४० मिलियन डलर घुस दिन कोसिस गरेको आरोप छ । यसो गरेबापत् उनी दुई कम्पनीलाई एउटै बनाउनका लागि आवश्यक मद्दत चाहन्थे ।
कम्पनीका शीर्ष अधिकारी पक्राउ परेपछि सामसङको सेयरमा गिरावट आएको छ । स्मरण रहोस्, सामसङ स्मार्टफोन र मेमोरी चिप्स बनाउन संसारको चर्चित कम्पनीमा सम्मिलित छ । यता सामसङले बयान जारी गर्दै कम्पनीले कुनै घुस नदिएको र राष्ट्रपतिको मद्दतका लागि नगुहारेको बताएको छ ।
मिडिया रिपोर्ट अनुसार सियोल अदालतमा १० घण्टासम्म सुनुवाईपश्चात् योंगलाई पक्राउ गरियो । त्यसपछि ४८ वर्षका योंगसँग सोधपुछ भयो ।योंग देशको निकै धनी परिवारमा जन्मिएका हुन् । पहिले पनि उनीसँग सम्बन्धित विभिन्न विवाद सार्वजनिक भइसकेका छन् ।
उनका पिता ली कुन ही सामसङ ग्रुपका अध्यक्ष हुन् । सन् २०१४ मा पिताको हृदयघातपश्चात् योंगले कम्पनीको बागडोर आफ्नो हातमा लिएका छन् ।
ग्यालेक्सी नोट सेभेनमा आइरहेको खराबीपछि कम्पनीको प्रतिष्ठामा कमी आइरहेका बेला योंगलाई सजायँ भए सामसङको व्यवसायमा ठूलो असर पर्ने विज्ञहरुको मान्यता छ ।
घुस काण्डमा सामसङका एक ठूला अफिसलाई पनि पक्राउ पुर्जा जारी गरिएको थियो । दक्षिण कोरियाको अर्थ व्यवस्थामा सामसङको निकै महत्वपूर्ण भूमिका छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस